
बिएआइसीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा आफ्नो नयाँ 'बिजे३०ई हाइब्रिड' एसयुभी सार्वजनिक गरेको छ।
लक्ष्मी मोटरहब प्रा.लि.ले नेपालमा ल्याएको बिजे३०ई को परिचयात्मक मूल्य १ करोड १९ लाख ९६ हजार रूपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
बिएआइसी बिजे३०ई मा १.५टी हाइब्रिड पावरट्रेन, डुअल–स्पिड डीएचटी र इलेक्ट्रिक ४डब्ल्यूडी प्रणाली रहेको छ।
यसले अधिकतम ३०१ किलोवाट पावर र ६८५ एनएम टर्क उत्पादन गर्छ भने यसको संयुक्त रेन्ज १,००० किलोमिटरभन्दा बढी रहेको दाबी गरिएको छ।
यसले नेपालमा लामो दूरीको यात्रा गर्ने ग्राहकका लागि रेन्ज र इन्धन दक्षताको हिसाबले उपयोगी विकल्प बन्न सक्ने देखिन्छ।
नेपालका विविध सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दा बिजे३०ई को २१५ मिमि ग्राउन्ड क्लियरेन्स, २५ डिग्री एप्रोच एंगल, ३० डिग्री डिपार्चर एंगल र ६०० मिमिसम्मको वाटर वेडिङ क्षमता यसको प्रमुख विशेषता हुन्।
यसमा स्नो, स्यान्ड, मड र वेडिङ गरी विभिन्न भू–भागका लागि चार ड्राइभिङ मोड तथा इलेक्ट्रिक ४डब्ल्यूडी र हिल डिसेन्ट कन्ट्रोल समेत उपलब्ध छन्।
बिजे३०ईको लम्बाइ ४,७३० मिमि, चौडाइ १,९१० मिमि र उचाइ १,७९० मिमि रहेको छ भने ह्वीलबेस २,८२० मिमि छ।
हाइब्रिड प्रणालीले इलेक्ट्रिक, सिरिज र प्यारेलेल मोडमा काम गर्न सक्ने भएकाले यो एसयुभीलाई सहरी आवतजावतदेखि हाइवे तथा आउटडोर यात्रासम्म प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ।
सुरक्षातर्फ बिजे३०ई मा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वार्ड कोलिजन वार्निङ, लेन किपिङ असिस्ट र ब्लाइन्ड स्पट डिटेक्सन जस्ता एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छन्।
यसमा १,४९६ लिटरसम्मको बुट स्पेस र फ्ल्याट फोल्ड गर्न मिल्ने रियर सिट पनि रहेको छ।
हाइब्रिड दक्षता, लामो रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र अफ–रोड क्षमताको संयोजनसहित बिजे३०ईलाई नेपालको सहरदेखि पहाडी तथा साहसिक यात्रासम्मका लागि लक्षित एसयुभी का रूपमा प्रस्तुत गरिएको छ।