
नाइमा मोबिलिटी एक्स्पोमा होङ्सी ब्रान्डका गाडी आइपुगेका छन्।
मंगलबार केरुङबाट रसुवागढीतर्फ आउने बाटो बन्द हुँदा गाडी नेपाल ल्याउन सकिएको थिएन। सडकमा पहिरो र ठूला ढुंगा खसेपछि गाडी केरुङमै रोकिएका थिए।
नेपालमा एमजी बिक्री गर्दै आएको समूहले होङ्सीका गाडी ल्याएको हो। एड्भान्स अटोमोबाइल प्रालिले नाइमा मोबिलिटी एक्स्पोबाट होङ्सी ब्रान्डलाई नेपालमा सार्वजनिक गर्न लागेको हो।
मंगलबार एक्स्पो सुरू हुँदा होङ्सीका लागि स्टल तयार थियो। तर गाडी नआएपछि स्टलमा सवारीसाधन राख्न सकिएको थिएन।
बुधबार गाडी आइपुगेपछि एक्स्पोमै राखेर प्रदर्शन गर्न थालिएको छ। होङ्सी नेपालका लागि नयाँ ब्रान्ड हो।
दोस्रो नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको हो। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन्। ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको छ।