
मंगलबारदेखि सुरू भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा केईका ब्रान्डका विद्युतीय कार इ-क्युट ०२ र इ-क्युट ०४ प्रदर्शनीमा राखिएका छन्।
एक्स्पो अवधिभर यी दुवै मोडल खरिद गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट तथा अफर उपलब्ध गराएको जनाएको छ।
इ-क्युट ०२ मा २८.०८ किलोवाट-घण्टा क्षमताको ब्याट्री छ। आकर्षक तथा प्रिमियम डिजाइनसहितको यो कारमा फराकिलो भित्री संरचना रहको कम्पनीले बताएकाे छ। त्यस्तै कारमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ३.३ किलोवाटको चार्जर र ३६० डिग्री क्यामरा छ।
त्यस्तै, इ-क्युट ०४ मा पनि २८.०८ किलोवाट-घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ।
यसले ३० किलोवाटसम्मको पिक पावर उत्पादन गर्ने कम्पनीको भनाइ छ। १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको इ-क्युट ०४ मा फराकिलो भित्री संरचनासँगै आरामदायी ड्राइभिङका लागि आवश्यक विभिन्न सुविधा उपलब्ध छन्।
कम्पनीका अनुसार इ-क्युट ०४ को मूल्य २५ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। त्यस्तै इ-क्युट ०२ को मूल्य २२ लाख ९६ हजार रूपैयाँ ताेकिएकाे छ।
एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकलाई विशेष अफरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।