
एमजी मोटरले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्ना विभिन्न मोडल प्रदर्शन तथा सार्वजनिक गरेको छ।
एक्स्पोमा एमजी कमेट्स, हेक्टर, विन्डसर इभी र म्याजेस्टर रहेका छन्।
एमजी कमेट्सको मूल्य १८ लाख ७५ हजार रूपैयाँबाट सुरू हुन्छ। यसको टप एन्ड मोडल पनि एक्स्पोमा राखिएको छ। कमेट्स सानो विद्युतीय कार हो।
यसमा १७.३ किलोवाट–आवरको ब्याट्री, ४२ पिएसको मोटर र एकपटकको चार्जमा २३० किलोमिटरसम्मको रेञ्ज छ। यो चार सिट क्षमताको कार हो।
एमजी हेक्टरको मूल्य ६६ लाख ९९ हजार रूपैयाँबाट सुरू हुन्छ। यसको उच्च भेरियन्टको मूल्य ८० लाख ९९ हजार रूपैयाँसम्म रहेको छ।
यो पेट्रोल एसयुभी हो। हेक्टर ५ र ७ सिटर विकल्पमा उपलब्ध छ भने म्यानुअल तथा अटोमेटिक गियरबक्समा पनि पाइन्छ।
आधिकारिक विवरणअनुसार यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, १४३ पिएस पावर, १४ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन र लेभल–२ एडिएएसलगायतका सुविधा छन्।
त्यस्तै, एमजी विन्डसर इभी चार भेरियन्टमा उपलब्ध छ।
यसको मूल्य ३५ लाख ९९ हजार रूपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ।
यो परिवारका लागि उपयुक्त विद्युतीय क्रसओभर हो।
आधिकारिक विवरणअनुसार विन्डसर ईभीमा एरो–लाउन्ज सिट, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ३६० डिग्री क्यामरा र भेरियन्टअनुसार प्यानोरामिक ग्लास रूफ तथा भेन्टिलेटेड सिटलगायतका सुविधा छन्।
एमजीले नाइमा एक्स्पोमा नयाँ म्याजेस्टर पनि सार्वजनिक गरेको छ। यो भारतमै निर्मित ठूलो आकारको एसयुभी हो।
म्याजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन रहेको छ।
यसले २१५.५ पिएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ।
यसमा ८ स्पिड अटोमेटिक गियरबक्स, ४ ह्विल ड्राइभ र लेभल–२ एडिएएसलगायतका सुविधा छन्। यो ६ र ७ सिटर विकल्पमा उपलब्ध छ।