
नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन (इभी) क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा जेएसडब्लू एमजी मेटरको आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालि र ई ड्राइभ नेपालबीच ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट उपलब्ध गराउने व्यावसायिक सम्झौता भएको छ।
सम्झौताअन्तर्गत ५० वटा एमजी विन्डसर कम्युट ईभीमध्ये १६ वटा सवारीसाधन १३ अगस्तमा ई ड्राइभलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
यो प्रारम्भिक हस्तान्तरणसँगै नेपालमा विद्युतीय सवारीसाधनलाई व्यावसायिक फ्लीटमा समावेश गर्ने दिशामा नयाँ अध्यायको सुरुआत भएको कम्पनीको भनाइ छ।
हरित भविष्यका लागि रणनीतिक साझेदारी
साझेदारीबारे गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, '५० वटा ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट ईभी खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रतिको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ। ई ड्राइभ नेपालसँगको हाम्रो साझेदारी दिगो र अत्याधुनिक सवारीसाधनमार्फत नेपाली बजारमा नयाँ पुस्ताको मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। एमजी विन्डसर कम्युटले आराम, प्रविधि र दक्षताको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने भएकाले आधुनिक फ्लीट सञ्चालनका लागि यो एक उपयुक्त विकल्प हो।'
यस्तै,ई ड्राइभ नेपालका प्रतिनिधिले एमजी विन्डसर कम्युट ईभीलाई हाम्रो फ्लिटमा समावेश गर्नु महत्वपूर्ण उपलब्धि भएके बताए। नेपालका सहरी क्षेत्रमा स्वच्छ तथा दिगो यातायात प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने उनके भनाइ छ।
एमजी विन्डसर कम्युटका मुख्य विशेषताहरूः
शक्तिशाली प्रदर्शन र रेन्ज: १००किलावाटको अधिकतम पावर र २०० एनएम टर्क उत्पादन गर्ने मोटरसहित ३८ किलेवाटको ब्याट्री जडान गरिएको छ।
यसले एक पटकको चार्जमा ३३० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्दछ, जुन आधुनिक फ्लिट सञ्चालनका लागि उपयुक्त छ।
प्रिमियम इन्टेरियरः अत्याधुनिक १३५ डिग्रीसम्म रिक्लाइन हुने एरे लङ सिटले यात्रुलाई उच्चस्तरीय आराम प्रदान गर्दछ।
द्रुत चार्जिङः र्यापिड चार्जिङ क्षमताका कारण चार्जिङमा लाग्ने समय कम हुनुका साथै फ्लीट सञ्चालनमा हुने डाउनटाइमलाई न्यून गर्न मद्दत गर्दछ।
सर्भिस तथा स्पेयर पार्ट्सको सहज उपलब्धताः एमजी विन्डसर इभीलाई व्यापक सर्भिस नेटवर्क तथा प्रतिस्पर्धी मूल्यमा स्पेयर पार्ट्सको सहज उपलब्धताको सुविधा प्राप्त छ।
यसले ग्राहकलाई सर्भिसिङ तथा मर्मतसम्भारमा थप सहजता प्रदान गर्दछ।
व्यापक वारेन्टीः हाईभोल्टेज मोटरमा ८ वर्ष वा १,६०,००० किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी उपलब्ध छ। त्यस्तै,एचभी मोटर बाहेक सम्पूर्ण सवारीसाधनमा व्यावसायिक प्रयोगका लागि ३ वर्ष वा १,००,००० किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी रहेको छ।
उच्च ग्राउन्ड क्लियरेन्सः १८६ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले ये गाडीलाई नेपालको विविध तथा चुनौतीपूर्ण सडक अवस्थाका लागि समेत उपयुक्त बनाउँछ।