काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा विभिन्न ब्रान्डका विद्युतीय सवारी प्रदर्शनमा राखिएका छन्।
एक्स्पोमा विद्युतीय कार निर्माता कम्पनी आइकार (iCAUR) ले आफ्नो एसयूभी मोडल 'भी२३' (V23) प्रदर्शनमा राखेको छ।
नेपालमा आइकार भी२३ को आरडब्लुडी (रियर ह्विल ड्राइभ) भेरियन्ट उपलब्ध छ। यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री छ।
कम्पनीका अनुसार यसले एक पटकको पूरा चार्जमा सिएलटिसी (चिनियाँ) मापदण्ड अनुसार ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्छ। ठाउँ र प्रयोग अनुसार रेन्ज केही फरक पर्न सक्छ।

भी२३ मा १०० किलोवाट क्षमताको विद्युतीय मोटर छ। यसले १३४.१ बिएचपी शक्ति र १८० एनएम टर्क उत्सर्जन गर्छ। गाडीको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा छ।
यसमा ८५ किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सुविधा छ। २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीको दाबी छ।
डिजाइनका हिसाबले भी२३ बक्सी तथा रेट्रो शैलीको एसयूभी हो।
यसमा गोलाकार एलइडी हेडलाइट, फ्लस डोर ह्यान्डल र १९ इन्चको एलोय ह्विल छ।
गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमी छ।
भी२३ विभिन्न रङ विकल्पमा उपलब्ध छ —कालो, सेतो, खैरो, हरियो, निलो र सुन्तला। बजार अनुसार रङको उपलब्धता फरक हुन सक्छ।

गाडीभित्र १५.४ इन्चको टचस्क्रिन छ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, एबिएस (एन्टिलक ब्रेकिङ सिस्टम), इएससी (इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल), ३६० डिग्री क्यामरा तथा लेभल–२ एडिएएस (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) जस्ता फिचर छन्।
नेपालमा आइकार भी२३ को मूल्य ५३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। नाइमामा बुक गर्दा यसमा छुट पाइनेछ।
थप हेर्नुहोस् भिडिओमा-