
नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले नाइमा मोबिलिटी एक्स्पोमा सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ।
भृकुटीमण्डपस्थित लिपमोटरको स्टलमा मेलाभरि अवलोकनकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो।
जसको प्रमुख आकर्षणका रूपमा हालै सार्वजनिक गरिएको बी०३एक्स इलेक्ट्रिक एसयुभी रह्यो।
बी०३एक्स सेग्मेन्टमै उत्कृष्ट १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवर्सको ब्याट्री, ५०५ किलोमिटर सम्मको रेन्ज, ५१० लिटरको फराकिलो बुट स्पेस तथा अत्याधुनिक लेभल२ एडिएएस सुरक्षा प्रविधिका कारण अटो शोकै प्रमुख आकर्षणमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ।
बी०३एक्ससँगै लिपमोटर बी१० ले पनि अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्यो। हालै गरिएको मूल्य कटौती र एक्स्पोका विशेष अफरहरूले बी१० प्रतिको ग्राहक आकर्षण अझ बढायो।
परिमार्जित मूल्यले बी१० लाई प्रिमियम इभी सेगमेन्टमा अत्यन्तै आकर्षक र सर्वोत्कृष्ट विकल्पको रूपमा स्थापित गर्दै कुल बुकिङमा महत्वपूर्ण योगदान पुऱ्याएको कम्पनीको भनाइ छ।
दुवै मोडलप्रतिको उच्च आकर्षणका कारण लिपमोटरको स्टल यस वर्षको एक्स्पोमै सबैभन्दा व्यस्त र सफल प्रदर्शनीमध्ये एक बन्न सफल भयो।
एक्स्पोको सफलतापछि बढेको उत्साहसँगै सांग्रिला मोटर्स अब गाडीहरूको द्रुत डेलिभरी र नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारमा केन्द्रित भएको छ ।
सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूलाई उनीहरूको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ।
मासेराती, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह 'स्टेलान्टिस'को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ब्रान्ड हो।
लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।
जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए।