THE WHEELS
द ह्विल्स पडकास्टको यो अंकमा हामीले नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्र उप्रेतीसँग कुराकानी गरेका छौं।
यसमा नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सम्भावना, बजार विस्तारका लागि आवश्यक पूर्वाधार र सरकारी नीतिका विषयमा छलफल गरिएको छ।
त्यस्तै नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रभाव, बजारको भविष्य, चार्जिङ स्टेसन तथा सर्भिस पूर्वाधारको आवश्यकता र बिक्रीपछिको सेवाको महत्वबारे पनि चर्चा गरिएको छ।
अटोमोबाइल क्षेत्रमा लगानी आकर्षित गर्न आवश्यक स्थिर कर तथा भन्सार नीति, स्वदेशमै सवारी साधन एसेम्बली र विभिन्न पाटपुर्जा उत्पादनको सम्भावनाबारे पनि कुरा गरिएको छ।
साथै, काठमाडौंमा आयोजना हुन लागेको नाडा अटो शो–२०२६, नाडाको ५० वर्षको यात्रा तथा अटोमोबाइल क्षेत्रका व्यवसायी, उपभोक्ता र सरकारबीच आवश्यक सहकार्यका विषयमा पनि चर्चा गरिएको छ।
अनि अटोमोबाइल क्षेत्रमा समान प्रकृतिका नाडा र नाइमा दुई संस्था किन आवश्यक परे, उनीहरूबीचको सहकार्य र दुवै संस्था एक हुन सक्ने सम्भावनाबारे पनि कुराकानी गरिएको छ।
हेर्नुस् नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीसँग गरिएको पूरा कुराकानी-