
एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयुभीलाई विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरेको छ।
यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। नाडापछि यसको नियमित मूल्य ३७ लाख ९९ हजार रूपैयाँ कायम हुनेछ।
थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाख रूपैयाँमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।

सहरभित्रको दैनिक आवतजावत, पारिवारिक यात्रा तथा नेपालभरका लामो दूरीका यात्रालाई ध्यानमा राखेर तयार गरिएको भिगो ई२ ले फुल एसयुभीको प्रभावशाली उपस्थिति, दैनिक उपयोगिता र आत्मविश्वास प्रदान गर्छ।
यसको फुल एसयुभी पहिचान तीन प्रमुख आधारमा निर्माण भएको छ: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्स।
सर्वाधिक स्पेस अन्तर्गत भिगो ई२ मा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन छ, जसले पर्याप्त हेडरुम, सोल्डर रुम र लेगरुम प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसको २,७१५ एमएम ह्विलबेसले यात्रुलाई थप आराम प्रदान गर्छ भने ५७२ लिटरको विशाल बुट स्पेसले पारिवारिक सामान तथा दैनिक आवश्यकताका सामग्री राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ।

सर्वाधिक फिचर्स अन्तर्गत भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, नवीन 'हेभन एन्ड अर्थ टेलगेट' र डिजेआई-सञ्चालित एडिएएस उपलब्ध छन्।
यी फिचर्सले प्रत्येक यात्रालाई थप आरामदायी, सुविधाजनक र आत्मविश्वासी बनाउने कम्पनीको दाबी छ।
उत्कृष्ट पर्फर्मेन्स अन्तर्गत भिगो ई२ मा ५१.८७ किलोवाट-आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले डब्लुएलटिपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
साथै, यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ र यसले १६७ किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ।

यी विशेषताले भिगो ई२ लाई नेपालका विविध सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाउँछन्।
भिगोको कथा सार्वजनिक समारोहमा गरिएका दाबीमा मात्र सीमित छैन। यो नेपालका सडकमा पहिल्यै प्रमाणित भइसकेको छ। हाल नेपालभर २,००० भन्दा बढी नामी गाडी सञ्चालनमा छन्।
भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा, सल्लेरीलगायत देशका विभिन्न भूगोल र चुनौतीपूर्ण मार्गमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीको भनाइ छ।
यी वास्तविक यात्राले नेपालको विविध भू–बनोटमा आत्मविश्वासका साथ प्रदर्शन गर्ने भिगोको क्षमतालाई प्रमाणित गर्दै यसलाई नेपाली चालकको आवश्यकताअनुसार निर्माण गरिएको फुल एसयुभीका रूपमा स्थापित गरेका छन्।
ग्राहकले शोरुम र नाडा अटो शोमा रहेको नामी स्टलमा पुगेर भिगो ई२ को प्रत्यक्ष अनुभव लिनुका साथै विशेष मूल्य ३५ लाख ९९ हजार रूपैयाँमा यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ।