
नेपालको अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी 'एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६' को उद्घाटन भएको छ।
मंगलबार बिहान उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन गरेका हुन्।
आजदेखि सुरू भएको यो अटो शो भदौ १४ गतेसम्म हुनेछ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल राखिएका छन्।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन्।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिएको छ।
त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्टस्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसोसरिज तथा ग्यारेज उपकरण लगायतका सामग्री प्रदर्शनमा छन्।
बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ।
तस्बिरहरू:
-1787635780.jpeg)
-1787635779.jpeg)
-1787635779.jpeg)
-1787635779.jpeg)
-1787635778.jpeg)
-1787635777.jpeg)
-1787635779.jpeg)
-1787635779.jpeg)
-1787635778.jpeg)
-1787635778.jpeg)
-1787635778.jpeg)
-1787635778.jpeg)
-1787635778.jpeg)
-1787635777.jpeg)
-1787635777.jpeg)
-1787635777.jpeg)
-1787635777.jpeg)