
सिजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन नेपालमा नयाँ अवतार–०७ सार्वजनिक गरेको छ।
यससँगै नेपाली बजारमा अर्को प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको प्रवेश भएको छ।
'स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी' अर्थात् स्मार्ट सौन्दर्य र सहज विलासिताको अवधारणामा तयार गरिएको अवतार ०७ मा आकर्षक डिजाइन, बौद्धिक प्रविधि, आराम र विद्युतीय कार्यक्षमताको संयोजन गरिएको छ।
प्रिमियम विद्युतीय एसयुभी अवतार ०७ मा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ।
कम्पनीका अनुसार एनइडिसी परीक्षण मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्जमा अधिकतम ५७५ किलोमिटरसम्म रेन्ज दिन्छ।
यसको रियर–ह्विल–ड्राइभ पावरट्रेनले १९० किलोवाट अधिकतम पावर र ३६५ एनएम टर्क उत्पादन गर्छ। गाडीले ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।
अवतार ०७ को विलासी क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ र १६ स्पिकरसहितको पायोनियर अडियो सिस्टम छ।
त्यस्तै, जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र ५० वाटको वायरलेस स्मार्टफोन चार्जर उपलब्ध छन्।
सुरक्षाका लागि गाडीमा नौवटा एयरब्यागसहित विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्स तथा सुरक्षा प्रविधि जडान गरिएको छ।
यी प्रणालीलाई लाइडार, हाई–डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक वेभ राडारले सहयोग गर्छन्।
नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रूपैयाँ तोकिएको छ। एफएचडीसहितको अवतार–०७ को मूल्य भने २ करोड ३० लाख रूपैयाँ निर्धारण गरिएको छ।
नाडा अटो शो २०२६ अवधिभर अवलोकनकर्ताले अवतार पेभिलियनमा यो गाडी प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्नेछन्।