
नाडा अटो शोमा मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय गाडी 'ई-मास सेभेन' सार्वजनिक भएको छ।
नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सार्वजनिक गरेको हो।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ।
प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटर सम्म छ।
प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ। प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ रहेको छ।
अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ।
शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ।