
गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गर्न सफल भएको छ।
आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको कम्पनीको भनाइ छ।
यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरहरूलाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै मुनरुफ हटाएर आएको भिगो ई२ ले आफ्नो सेग्मेन्टमा थप आकर्षण सिर्जना गर्न सफल भएको छ।
सीमित अवधिका लागि ल्याइएको विशेष अफर र नयाँ मोडलले ग्राहकलाई भिगो ई२ खरिदका लागि थप आकर्षित गरेको देखियो।
जसले चाडपर्वमा बिक्री गर्न सकिने संख्याभन्दा धेरै बुकिङ ६ दिनमै प्राप्त भयो।
त्यसैले छोटो समयमै प्राप्त अत्यधिक माग तथा रेकर्ड बुकिङका लागि सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै २ लाख रुपैयाँको विशेष अफर समाप्त भएको र अब गाडीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम भएको कम्पनीले जानकारी गराएको छ।
एमआरपी मूल्यमा बुकिङ निरन्तर भइरहनेछ।
नामी भिगो ई२ प्रति नेपाली उपभोक्ताबाट प्राप्त भएको प्रतिक्रिया कम्पनीको अपेक्षाभन्दा निकै उत्साहजनक रहेको बताइएको छ।
सार्वजनिक भएको केही दिनमै प्राप्त भएको उच्च बुकिङले नेपाली बजारमा यस उत्पादनप्रतिको आकर्षण स्पष्ट देखाएको छ।
एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले भने, 'सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपर्यो।'
कम्पनीले नेपाली उपभोक्ताको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादनहरू उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।