
सुजुकीले नाडा अटो शोमा नयाँ ब्रेजा, ई–भिटारा, फ्रोंक्स, जिम्नी र भिक्टोरिसलगायतका गाडी प्रदर्शनीमा राखेको छ।
कम्पनीले आफ्नो पहिलो विद्युतीय एसयुभी ई–भिटारासँगै पेट्रोल तथा हाइब्रिड सेग्मेन्टका विभिन्न मोडल प्रदर्शनीमा राखेको हो।
ई–भिटारामा ४९ र ६१ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प छन्।
४९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टमा १०८ किलोवाट र ६१ किलोवाट आवर ब्याट्री भएको भेरियन्टमा १२८ किलोवाट क्षमताको मोटर छ।
दुवैमा १९३ न्युटन मिटर टर्क उत्पादन हुन्छ। ६१ किलोवाट आवर संस्करणले एकपटकको चार्जमा ५४३ किलोमिटरसम्म यात्रा गर्ने कम्पनीको दाबी छ।
यसको डिजाइनमा एलइडी लाइटिङ, एरोडाइनामिक एलोय ह्विल, मस्कुलर एसयुभी स्टान्स र प्यानोरामिक ग्लास सनरुफलगायतका सुविधा छन्।
ई–भिटाराको मूल्य ४९ लाख ९९ हजार रूपैयाँदेखि सुरू हुन्छ।
नयाँ ब्रेजामा १.५ लिटर के१५सी स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन छ।
यसले १०३ पिएस शक्ति र १३६.८ न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा एलइडी लाइटिङ, डुअल–टोन एलोय ह्विल, इलेक्ट्रिक सनरुफ, ३६० डिग्री क्यामरा र हेड्स–अप डिस्प्ले उपलब्ध छन्।
यसको मूल्य ४७ लाख ४९ हजार रूपैयाँदेखि सुरू हुन्छ।
फ्रोंक्समा १.२ लिटर पेट्रोल इन्जिनले ८९.७३ पिएस शक्ति र ११३ न्युटन मिटर टर्क उत्पादन गर्छ।
टर्बो भेरियन्टको १.० लिटर बुस्टरजेट इन्जिनले १०० पिएस शक्ति र १४७.६ न्युटन मिटर टर्क दिन्छ। यसको मूल्य ४२ लाख ४९ हजार रूपैयाँदेखि सुरू हुन्छ।
जिम्नीमा १.५ लिटर के१५बी पेट्रोल इन्जिन छ।
यसले १०४.८ पिएस शक्ति र १३४.२ न्युटन मिटर टर्क उत्पादन गर्छ।
यसमा अल–ग्रिप प्रो फोर–ह्विल ड्राइभ प्रणाली, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १५ इन्चको एलोय ह्विल रहेको छ। यसको मूल्य ६४ लाख ९९ हजार रूपैयाँदेखि सुरू हुन्छ।
त्यस्तै, भिक्टोरिस पेट्रोल तथा स्ट्रङ हाइब्रिड प्रणालीमा उपलब्ध छ।
यसको १.५ लिटर पेट्रोल इन्जिनले ९२.४५ पिएस शक्ति र १२२ न्युटन मिटर टर्क उत्पादन गर्छ।
हाइब्रिड भेरियन्टको इलेक्ट्रिक मोटरले १४१ न्युटन मिटर टर्क उत्पादन गर्छ। यसको मूल्य ५४ लाख ९९ हजार रूपैयाँदेखि सुरू हुन्छ।
नाडा अटो शोका अवसरमा सुजुकीले विभिन्न मोडलमा विशेष अफर तथा अन्य सुविधा उपलब्ध गराएको जनाएको छ।