
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै नाइमाले विपद् सुरुवातदेखि नै आफ्ना सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक जस्ता माध्यमबाट उद्धार र राहत कार्यमा सक्रिय योगदान पुर्याउँदै आएको जनाएको छ।
विपद्को यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्।