
नेपालकै सबभन्दा ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ को आज (आइतबार) अन्तिम दिन रहेको छ।
मंगलबारदेखि सुरू भएको १८औं संस्करणको नाडा अटो शोमा पहिलो दिन उल्लेख्य अवलोकनकर्ताको सहभागिता थियो।

तर, बुधबार भोटेकोशीमा बाढी आएपछि अवलोकनकर्ताको भीड केही कम भएको थियो।
नाडा अटो शोमा दुईपांग्रे, प्यासेन्जर कार र कमर्सियल गरी ५३ ब्रान्डको सहभागिता थियो।

अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा लगायत कम्पनीहरूको २०० बढी स्टल रहेका छन्।
यस वर्ष नाडा अटो शोमा दुईपांग्रे र चारपांग्रे गरी करिब २ दर्जन् नयाँ मोडलका सवारी सार्वजनिक भएका छन्।
यस्तै, नाडामार्फत नै नेपालमा थप आधा दर्जन अटो ब्रान्ड प्रवेश गरेका छन्।

दुईपांग्रे तर्फ नेपालमै बनेको पहिलो इलेक्ट्रिक स्कुटर यात्री सार्वजनिक भएको छ।





तस्बिर: नेपाल फोटो लाइब्रेरी