बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि बिवाइडी र नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ७ करोड रूपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेका छन्।
सहयोग रकमको चेक साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
'रसुवा हाम्रो लागि केवल एउटा नाका मात्र होइन, हाम्रो यात्रासँग जोडिएको एउटा महत्वपूर्ण अध्याय हो। यही रसुवाबाट हाम्रो बिवाइडी/साइमेक्स को यात्रा अघि बढेको थियो र आज यही ठाउँमा यति ठूलो विपत्ती आइपर्दा हामी अत्यन्त दुःखी र चिन्तित छौँ।' साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्।
यस्तो कठिन समयमा हामीले एकअर्कालाई साथ दिनुपर्ने, प्रभावित परिवार, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्न बिवाइडी/साइमेक्स आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताइन्।
'रसुवाले हाम्रो यात्रालाई सुरू गर्न साथ दिएको थियो। आज रसुवालाई हाम्रो साथ चाहिएको बेला हामी पनि पछाडि हट्ने छैनौँ,' उनले थपिन्।
'हामीसँगै थियौँ, सँगै छौँ र यो कठिन समय पनिसँगै पार गर्नेछौँ।'