शोभा शर्मा काठमाडौं, जेठ २४ अब म श्रीमानलाई स्याहार्छु सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।
दुर्गा सुवेदी सोमबार दिउँसो ३ बजेतिर थरथर कामिरहेका हातले फलफूल काट्दै थिए। घरमा कोही थिएन। प्रधानन्यायाधीश सुशीला कार्की छोरासँग पश्चिमतिर घुम्न गएकी थिइन्। त्यसै दिन फर्किने कार्यक्रम थियो। ‘श्रीमान् र बाबु पोखराबाट हिँडिसके अरे,’ श्रीमानका श्रीमान सुवेदीले मुस्कुराउँदै मलाई छेउमा बस्न इसारा गरे। दुई दिनको पोखरा विश्रामबाट फर्कन लागेका जहान–छोराको निम्ति फलफूल काट्दा-काट्दै एकछिन रोकिएर भने, ‘अहिल्यै काटेर राखे उहाँहरू आउनेबित्तिकै दिनहुन्छ नि!’ म हाँसेँ। उनी बढो तन्मयसाथ आँप काटिकुटी पार्नमा भुले। बोक्रा ताछेका आँपका टुक्राहरु सफा भाँडोमा खन्याए। प्लेटले छोपेर टेबुलमाथि ठिक्क पारे। बाहिर झमझम पानी पर्दै थियो। सुवेदीका आँखा बेचैन थिए। हाम्रो कुराकानीका बीचमा पनि उनका आँखा घरिघरि आँगनतिर दौडिन्थे। घरि भित्तेघडीमा टोलाउन थाल्थे। उनले जुन समयमा आइपुग्लान् भन्ठानेका थिए, त्यो बितिसकेको थियो। बेला घर्किएपछि पर्खाइ पीडा बन्दो रहेछ, सायद। दुई घन्टापछि एकाएक आँगनमा हलचल भयो। सिपाहीहरूले दौडिँदै गएर घरको मूलढोका घ्यार्र खोले। प्रधानन्यायाधीश कार्कीको गाडी छिर्यो। बाछिटा छल्दै ‘श्रीमान’ घरभित्र छिरिन्। अलि बेर बरन्डाकै सोफामा सुस्ताइन्। उनका श्रीमान छेउमै गएर बसे। पछिपछि आइरहेका छोरा गाडीबाट झारिएका सुटकेस मिलाउनतिर लागे। एकछिन अघिसम्म सुनसान बालुवाटारको प्रधानन्यायाधीश निवास एकाएक गुल्जार भएझैं भयो। यहाँ अरू बेला पनि यस्तै हुन्छ। सुवेदी प्रायः बोल्दैनन्। बोले पनि मसिनो आवाज निकाल्छन्। उनी मात्र छन् भने त घरमा मान्छे भए–नभएको पनि हेक्का हुन्न। कार्की भने बढ्तै चर्को बोल्छिन्। आवाज पनि वजनदार हुन्छ। उनी आएपछि मात्र लाग्छ, घरमा ज्यान आयो। यो सिलसिला चलेकै पचास वर्ष भइसक्यो। मोरङ, शंकरपुरमा रहेको जनता माविको प्राथमिक कक्षा यसैगरी गुलजार भएको थियो, जतिबेला साना केटीहरू फुरफुर गर्दै पढ्न आएका थिए। अमेरिकी संस्था पिसकोरले प्राथमिक तहको पढाइ निःशुल्क गरेपछि जनता माविमा प्राथमिक स्कुल सुरु भएको थियो। एसएलसी पास गरेर त्यहीँ पढाउन थालेका १८ वर्षीय सुवेदी प्राथमिक तहका हेडमास्टर थिए। त्यही बेला केही केटी विद्यार्थी अर्कै स्कुलबाट तीन कक्षामा भर्ना हुन प्रवेश परीक्षा दिन आए। तीमध्ये एउटी १० वर्षीया बालिका पनि थिइन्। उनको कपी जाँचेपछि सुवेदीले आफ्ना सहकर्मीलाई भने, ‘यिनलाई त पाँच कक्षामा राखिदिए हुन्छ, राम्रो पढ्दी रहिछे।’ उनै थिइन्, सुशीला कार्की।
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति। २०७४ वैशाख २२ गते सबैको ध्यान पाँच नम्बर इजलासमा थियो। न्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलास सम्हालिसकेका थिए। रिट निवेदकको सुनुवाइमा धेरै बेर लागेन। चोलेन्द्र इजलासबाट च्याम्बरमा आए। करिब एक घन्टापछि फेरि इजलास फर्के। र, यस्तो आदेश गरे, जसले महाअभियोग लागेर पाँच दिनसम्म घरमै बसेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वोच्चमा फिर्ता बोलायो। त्यसको ठिक एक महिनापछि जेठ २३ गते मंगलबार सर्वोच्चमा कार्कीको अन्तिम दिन थियो। उनले आफ्नो कार्यकालको अन्तिम पेसीसूची तोकिन्। केही बेरमा सर्वोच्चका न्यायाधीश र कर्मचारी उनको कार्यकक्षमै आए। सँगै चिया खाए। एकछिन हाँसोठट्टा चल्यो। झन्डै एक घन्टापछि सबै सहकर्मी र कर्मचारीलाई धन्यवाद दिएर सवा ११ बजेतिर उनी सर्वोच्च अदालतबाट अन्तिमचोटि विदा भइन्।
१३ महिना प्रधानन्यायाधीश रहेकी र झन्डै आठ वर्ष सर्वोच्चमा बिताएकी कार्कीले ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश लिएकी हुन्। सुशीला नेपालकी पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।
शक्ति पृथकीकरणको सिद्धान्तले भन्छ– सरकार, संसद र अदालतले राज्यका तीन छुट्टाछुट्टै अंगका रूपमा एकले अर्कोलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्नुपर्छ। कार्यकारी हैसियतमा रहेको सरकारबाट सबभन्दा धेरै र त्यसपछि संसदबाट कानुन र संविधानको दायरा बढी मिचिन्छ। राज्यका यी दुवै अंगलाई कानुन र संविधानको सीमाभित्र राख्न निरन्तर ‘वाचडग’ को भूमिका खेल्ने काम नै अदालतको हो। कार्की यस्ती विरल न्यायमूर्ति हुन्, जसले आफ्नो कार्यकालमा सरकार र संसदलाई कानुन र संविधानको परिधि मिच्नै दिइनन्। कानुन र संविधान पालनाको बाटोमा सरकार र संसदसामु पनि चट्टानझैं उभिनसक्ने सामर्थ्य सुशीलालाई उनको इमानदारी, निष्ठा र दृढताले नै दिएको हो। सुशीला जोधाहा र निर्भीक स्वभावकी हुनुमा उनको परिवार र खासगरी श्रीमान दुर्गा सुवेदीकै देन छ। सुवेदीले घर–व्यवहार धानिदिएकाले नै कार्की सहज रूपले न्याय–सम्पादनमा केन्द्रित रहन सकिन्। सुवेदी आफैं पनि कांग्रेस राजनीतिमा लागेका र २०३० सालको जहाज अपहरण काण्डमा संलग्न नेता हुन्, जसले आफ्नो आदर्शसँग सम्झौता गरेका भए राजनीतिमै धेरै अघि बढ्ने थिए। सुवेदी आफ्नो आदर्शमा डगेनन्, र सुशीलाले पनि कहिल्यै डग्नुपरेन। प्रधानन्यायाधीशका रूपमा उनी निर्भीक र हिम्मती हुन सकिन्। राजनीतिक नेताहरूविरुद्धको भ्रष्टाचार मुद्दा किनारा लगाइन्। प्रमुख दलहरूले समेत छुने आँट नगरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै अयोग्य ठहर गर्ने बाटो खोलिदिइन्। यी फैसलाले कार्कीलाई निर्भीक न्यायमूर्तिका रूपमा स्थापित गर्छन्। यसबीच न्यायसेवाको अन्तिम प्रहरमा आएर उनीमाथि नेपाली कांग्रेस र माओवादी केन्द्रबाट महाअभियोग लगाउने प्रयास भयो। नेपालकी पहिलो महिला प्रधानन्यायाधीश महाअभियोग दर्ता भएको पहिलो प्रधानन्यायाधीशसमेत बन्न पुगिन्। ‘जिन्दगीका उतारचढावले मानिसलाई कहाँदेखि कहाँ पुर्याउँछ पत्तै नहुने रहेछ,’ सुशीला सेवानिवृत्त हुनु अघिल्लो दिन सुवेदीले भनेका थिए, ‘मान्छेले सोचेजस्तो केही नहुने रहेछ।’ उनको यो भनाइ नै सुशीला कार्कीको जीवनको प्रतिविम्ब हो।
दुर्गाले पहिलोपटक देख्दा सुशीला सोझी विद्यार्थी थिइन्। पढ्नमा खुब मन लगाउँथिन्। सुवेदीले उनलाई ‘नोट’ गरेका थिए। नोट किन पनि गरेका थिए भने, कार्कीको परिवार धनकुटाको आफ्नै गाउँबाट झरेको हो भन्ने सुवेदीलाई थाहा भइसकेको थियो।
आमा बितेपछि घर छाडेर भागेका सुवेदी शंकरपुर झरेर पढाउन थालेका थिए। स्कुल, विद्यार्थी र तिनका अभिभावक नै उनका आफन्त बनेका थिए। तर, जबजब पहाडबाट मधेस झरेकाहरूसँग जम्काभेट हुन्थ्यो, उनको मन न्यास्रिन्थ्यो। उनलाई आफ्नै मान्छे भेटेझैं लाग्थ्यो। जस्तो, सुशीलालाई भेट्दा लाग्यो।
‘मलाई त बुवाआमा दुवैले पढाउनु भएको सुरुमा,’ सुशीलाले भनिन्, ‘विराटनगरमा त्यतिखेर बिजुलीबत्ती भए पनि मधुरो बल्थ्यो। राति पढ्दा बत्ती निभे बुवा आफैं टर्चलाइट बालेर उभिनुहुन्थ्यो, म र भाइ त्यही टर्चको प्रकाशमा होमवर्क गर्थ्यौं।’ सुशीला पाँच कक्षासम्म त्यही स्कुलमा पढिन्, जहाँ सुवेदी हेडमास्टर थिए। पाँच कक्षा पास गरेपछि उनी जनता मावि गइन्। त्यसपछि भेटघाट पातलियो। एकैचोटि एसएलसीको ट्युसन कक्षामा उनले फेरि सुशीलालाई देखे। सुवेदी त्यतिबेला मोरङ क्याम्पसमा पढ्थे। क्याम्पस पढ्दा पढ्दै पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै जेल परेपछि उनको चर्चा चुलिएको थियो। मोरङ क्याम्पसको नाम फेरेर महेन्द्र मोरङ राखिएको विरोधमा विद्यार्थीहरू आन्दोलित थिए। हक्की स्वभावका सुवेदीले त महेन्द्र मोरङ क्याम्पस लेखेको बोर्डमै कालो दलिदिए। राजाको सक्रिय शासन बेला उनकै नाम भएको बोर्डमा कालो धस्नु कम दुस्साहस थिएन। र, यही दुस्साहसले सुवेदी जेल पर्दै राजनीतिक रूपले लोकप्रिय मात्र भएनन्, लामो विरामपछि सुशीलासँग भेट्ने साइत पनि जुरायो। सुवेदी ट्युसन कक्षाहरू पढाउँथे। राजनीतिमा लागेर परिचित भएपछि त सबै जना उनैलाई बोलाउन थाले। पहाडतिरबाट झरेकाहरू खासगरी आफ्नी छोरी पढाउन सुवेदीलाई नै सजिलो मान्थे। सुशीला पनि उनैकहाँ अंग्रेजीको ट्युसन पढ्न आउँथिन्। संयोग कस्तो भने, पछि एसएलसी परीक्षाको बेला गार्ड बस्ने सुवेदी नै थिए। एसएलसीमा सुशीलाको ‘सेकेन्ड डिभिजन’ आयो। सुशीलालाई पढ्न–लेख्न कहिल्यै दुःख भएन। उनको मावली काठमाडौं, न्यूरोडको बस्नेत खलक हो। त्यो समयमै उनकी आमाले ९ कक्षासम्म पढेकी थिइन्। सुशीलाका मामाहजुरबा राणाकालमा न्यायाधीश थिए।
कहिलेकाहीँ हजुरआमा उनीहरूलाई दुना–टपरी गाँस्न बोलाउँथिन्। त्यस्तो बेला बुवा भन्थे, ‘यिनलाई के को दुना टपरी सिकाउनुहुन्छ। यिनीहरू त पढीवरी युरोप–अमेरिका गैहाल्छन्।’ ‘अनि, हजुरआमा के भन्नुहुन्थ्यो?’ मैले उत्सुक भएर सोधेँ। ‘हजुरआमा सोध्नुहुन्थ्यो, अमेरिकामा दुना–टपरी चाहिन्न र?’ बाल्यकालको यो घटना सम्झँदा सुशीला पनि मुसुमुसु हाँसिरहेकी थिइन्। ‘हजुरआमालाई नआउने केही थिएन,’ उनले सम्झिइन्, ‘कुन जडिबुटिको कुन दबाइ हुन्छ, कसरी बनाउने सबै कण्ठै थियो। उहाँ छँदै लेखेर राख्नुपर्ला भनेको फुर्सदै भएन।’ ‘तपाईं भागेर फिल्म हेर्न जानु भएन?’ बाल्यकालीन सम्झनाकै सिलसिलामा मैले सोधेँ। ‘किन नजानु, तर भागेर चाहिँ जान परेन,’ उनले भनिन्, ‘मेरी हजुरआमै त गाउँभरिका महिला बोकेर फिल्म हेर्न जाने हो, त्यो गोरूगाढा हुन्छ नि, त्यसमा चढ्यो, फारबिसगन्जसम्म गएर फिल्म हेर्यो।’ त्यही बेलाको कुरा हो, सुशीला पनि आफ्नी दिदीहरूसँग फिल्म हेर्न गएकी थिइन्। तर, फारबिसगन्जमा होइन, विराटनगरकै जलजला हलमा। फर्किंदा रात परिसकेको थियो। उनले भोलिपल्टको होमवर्क भ्याएकी थिइन। बिहानै स्कुल जानुपर्ने भएकाले उनीसँग होमवर्क गर्न समय कम थियो। अझ त्यो रात घरमा बत्ती थिएन। र, उनलाई होमवर्क सघाउने बुवा पनि थिएनन्। सुशीलाले हरेस खाइनन्। बरु आँगनमा निस्केर जूनको उज्यालोमै होमवर्क सकिन्। ‘यिनी मेहनती विद्यार्थी हुन् भनेर मैले त्यसै भनेको हो र,’ सुवेदीले भने। यसमा सुशीलाले थपिन्, ‘म फस्ट भइन, तर नराम्रो विद्यार्थी पनि हैन।’ एसएलसीपछि उनी महेन्द्र मोरङ कलेज भर्ना भइन्। बाक्लो राजनीतिक संगतमा लागेका सुवेदी त्यहीँ दोहोर्याएर बिए पढ्न थालेका थिए। उनी त्यही बेला विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भए। अहिले पनि सुवेदीलाई याद छ, उनले भाषण गरेको सुन्न सुशीला र उनका साथीहरू हुरहुर्ती कक्षा छाडेर आउँथे। भाषण मात्र सुन्ने होइन, पञ्चायतविरुद्धको आन्दोलनमा लाग्न पनि तयार रहन्थे। त्यही बेलाको कुरा हो, कलेजमा सुवेदी र उनका साथीहरूलाई खोज्दै आएका प्रहरीको बाटो छेक्न सुशीला आफ्ना साथीहरूसँग भुइँमा लम्पसार सुतिदिएकी थिइन्। त्यही घटनाले प्रेरित भएर सुशीलालाई पनि राजनीतिमा लाग्ने चाख बढ्दै थियो। तर, राजनीतिमा लाग्न खोजेकी सुशीलालाई परिस्थितिले अन्तै डोर्यायो।
कांग्रेसले सशस्त्र क्रान्तिको बाटो समातेको बेला थियो त्यो। सशस्त्र क्रान्ति निम्ति आर्थिक स्रोत थिएन। क्रान्तिकारीहरूले जहाज अपहरण गर्ने योजना बुने। दुर्गा सुवेदी, वसन्त भट्टराई, र नगेन्द्रप्रसाद ढुंगेल योजनामा सरिक थिए। उनीहरूले विराटनगरबाट राष्ट्र बैंकको पैसा लिएर काठमाडौं उडेको जहाज अपहरण गरे। यो घटनापछि सुवेदी अन्य साथीहरूसँगै भूमिगत भए। यसबीच सुशीला वनारस हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्रमा ‘पोस्ट ग्रायजुएसन’ गर्न गइन्। उनलाई उच्चशिक्षाको निम्ति वनारस जाने सल्लाह पनि सुवेदीले नै दिएका थिए। भारतमा इन्दिरा गान्धीको शासन थियो। सुवेदी जहाज अपहरणको आरोपमा उतै पक्राउ परे। उनलाई बिहारको पूर्णिया जेलमा राखियो। जेलमै छँदा सुशीला उनलाई भेट्न पुगेकी थिइन्। सुवेदीलाई भेट्न पार्टीका साथीहरूबाहेक आफ्ना मान्छे कोही आउँदैनथे। सुवेदीलाई लिएर पहिलोचोटि सुशीलाको मन पग्लिएको त्यही बेला हो। सुवेदीलाई भने सुशीला जेलमा भेट्न आएको चित्त बुझेको थिएन। ‘म पो जिन्दगी हत्केलामा राखेर हिँडेको थिएँ, एक्लै थिएँ,’ उनले भने, ‘उनको त परिवार थियो, बाँकी जीवन पनि उज्यालो थियो। त्यस्तो उज्यालो जिन्दगीलाई म आफ्नो छायाँले किन अँध्यारो पारुँ भन्ने लाग्थ्यो।’ तीन वर्षपछि सुवेदी जेलबाट छुटे। जेलबाट छुटे पनि भारतबाट बाहिर जाने अनुमति थिएन। उनी भने लुकी–लुकी नेपाल आउँथे। त्यही बेला सुशीलासँग पनि भेट हुन्थ्यो। यता सुशीलाले राजनीतिशास्त्रमा पोस्टग्रायजुएसन गरेर वकालत पढिसकेकी थिइन्। बुवासँगै मुद्दामामिला हेर्दाहेर्दै उनलाई वकालत प्यारो लाग्न थालेको थियो, जुन उनको बुवाको सपना पनि थियो। सुशीला स्नातक पढ्दाको कुरा हो, उनका बुवाले भारतका एक चर्चित महिला न्यायाधीशको तस्बिर टेबुलमा राख्दै भनेका थिए, ‘तिमी पनि यस्तै न्यायाधीश बन्नुपर्छ।’ ‘त्यतिबेला त मैले वास्ता गरिनँ, तर समयक्रमले मलाई त्यही ठाउँमा ल्याइपुर्यायो, जुन बुवाको चाहना थियो,’ सुशीलाले भनिन्। वकालत रोजे पनि सुशीलाको राजनीतिक चाख मेटिइसकेको थिएन। उनी वकालतका माध्यमबाट पञ्चायतविरोधी आन्दोलनमै साथ दिइरहेकी थिइन्। कानुनको किताब समातेर पञ्चायतको कानुन मिचाहा प्रवृत्तिविरुद्ध नै जमेर मुकाबिला गर्दै थिइन्। सुशीलाको यही निर्भीकताले नै सुवेदीको मन जित्यो।
 समय फेरियो। देश राजनीतिक जकडबाट मुक्त भयो। कताकता मनका जकडहरू पनि फुके। सुवेदीले वर्षौंदेखि मनको बाकसभित्र थुनेर बाहिरबाट ताल्चा मारेर राखेको आफ्नो भावना एकदिन सुशीलासामु खोले। धरानमा बसेर वकालत गरिरहेकी सुशीलालाई उनले सिधै गएर भने, ‘सुशीला, म तिमीसँग बिहे गर्न चाहन्छु।’ घर–आफन्त र साथीभाइले कत्ति कुरा काट्दा पनि अविवाहित सुशीलाले दुर्गाको प्रस्ताव एकै बचनमा स्वीकार गरिन्। सायद उनी सुवेदीलाई नै कुरिरहेकी थिइन्।
विवाहपछि सुवेदी राजनीतिमा लागे, सुशीला वकालतमा। सुवेदीको राजनीतिक जीवन भने धेरै अघि बढेन। कांग्रेसबाट गणेशमान र कृष्णप्रसाद भट्टराईझैं उनी पनि बाहिरिए। सुशीला भने वकालतमा जम्दै गइन्। यसबीच उनीहरूको जिन्दगीमा छोराको आगमन भइसकेको थियो। अनि, यी दम्पतीबीच एउटा अव्यक्त सहमति भयो– घरव्यवहार र छोरा सुवेदीले सम्हाल्ने, वकालत सुशीलाले सम्हाल्ने।
महिना बिते, वर्ष बिते। सुशीला वरिष्ठ अधिवक्ता भइन्। राजनीतिमा लाग्ने इच्छा छाडेर वकालतमा हाम्फालेकी सुशीलालाई अब मान्छेहरू ‘सर्वोच्चको न्यायाधीश बन्नुपर्छ’ भन्न थालेका थिए। उनलाई भने वकालतमै भ्याइनभ्याई थियो। उनी सर्वोच्चमा जाने कि नजाने दोमनमै थिइन्। न्याय परिषदका सदस्यहरूले पनि उनलाई प्रस्ताव गरिसकेका थिए। अन्ततः सुशीलालाई न्यायाधीशका रूपमा हेर्न चाहने उनका बुवाको इच्छा पूरा भयो। २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भइन्। राष्ट्रपतिबाट नियुक्ति र शपथ लिएकै दिन तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले भने, ‘तिमी प्रधानन्यायाधीश हुन सक्छ्यौ।’ ‘म त यस्तो सुनेर झसंगै भएँ,’ सुशीलाले भनिन्, ‘आफूले जिन्दगीमा कहिल्यै नसोचेको कुरा।’ सर्वोच्चको न्यायाधीशका रूपमा पनि सुशीलाले धेरै ठाउँमा आफ्नो छाप छाडेकी छन्। राष्ट्र बैंकको एउटा निर्देशिका कानुनविपरित छ भन्ने मुद्दामा सुनुवाइ भइरहेको थियो। रायमाझी, सुशीला आफैं र अनुपराज शर्माको इजलासमा भइरहेको उक्त सुनुवाइमा रायमाझी निर्देशिकाको पक्षमा थिए भने अनुप विपक्षमा। तीन न्यायाधीशको इजलासमा दुई मत भएपछि तेस्रो न्यायाधीशको धारणा महत्वपूर्ण हुन्छ। सुशीलाले प्रधानन्यायाधीशसँगै राय बझाइदिइन्। पछि उनको अर्का न्यायाधीश रामप्रसाद श्रेष्ठसँग पनि राय बाझियो। त्यसो त जुनियर न्यायाधीशले राय बझाउँदा कतिपय न्यायाधीशलाई भित्रभित्रै मन पर्दैन। सुशीलाको सन्दर्भमा भने कसैले नराम्रो मानेनन्। उल्टै सहयोग गरे।
सर्वोच्च अदालतका ती दिन सम्झिँदा पनि सुशीला भावुक हुन्छिन्। ‘त्यो बेला हामी २२ जना न्यायाधीश थियौं, खाजा खाने समयमा सबै जना प्रधानन्यायाधीशकोमा जम्मा हुन्थ्यौं। कानुन, विधिशास्त्र र मुद्दाका विषयमा गम्भीर छलफल चल्थ्यो,’ उनले सम्झिइन्, ‘हामीलाई त कतिखेर खाजा टाइम आउँछ जस्तो हुन्थ्यो। कति कुरा जान्न सुन्न पाइन्थ्यो।’
उनका अनुसार खाजा समयको त्यस्तो छलफल गर्ने चलन विस्तारै हराउँदै गयो। प्रधानन्यायाधीश दामोदर शर्माको पालामा आउँदा त नाशै भयो। ‘उहाँ चाहिँ गयो कि तीर्थव्रत र धर्मकर्मका बाहेक कुरै नझिक्ने,’ उनले भनिन्, ‘त्यसैले जानै मन लाग्दैनथ्यो। हाजिर पनि तल आफ्नै च्याम्बरमा गर्न थालेका थियौं।’ न्यायाधीशका रूपमा सुशीलाको चर्चा चलेको भने भ्रष्टाचार मुद्दाबाट हो। उनले आफ्नो इजलासबाट तत्कालीन बहालवाला मन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गरेर जेल पठाइन्। त्यो बेला थुप्रै उच्चपदस्थ व्यक्तिहरू मुछिएका तर हदम्यादजस्तो प्राविधिक कारण देखाएर विशेष अदालतबाट सफाइ पाएका भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन थिए। सुशीलाले त्यस्ता मुद्दालाई ‘तथ्यका आधारमा फेरि सुनुवाइ गरेर फैसला गर्नू’ भन्दै विशेषमा पठाइदिइन्। यसमा पूर्वमन्त्री गोविन्दराज जोशी, रवीन्द्र शर्मा लगायतका मुद्दा थिए। भ्रष्टाचारका थाती मुद्दा किनारा लगाउने मात्र होइन, आफ्नो निष्ठा र इमानको बलमा न्याय सेवामाथिको राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै थिति बसाल्ने काम पनि सुशीलाले गरिन्। उनलाई दबाब र प्रभावमा नपर्ने न्यायाधीशका रूपमा चिनिन्छ। यसो हुनुमा उनको सादा जिन्दगीको पनि ठूलो हात छ। चमकधमक जीवनशैलीमा उनको रुचि थिएन। उनका पति दुर्गा सुवेदी त झन् अतिसामान्य जीवन बाँच्न रुचाउँथे। उनीहरूले एक्ला छोरालाई पनि यही आदर्शमा हुर्काए। यसले सुशीलाको निष्ठा र इमान अझ बलियो हुँदै गयो। कतिसम्म भने, त्यतिका वर्ष वकालत गरेकी र न्यायाधीश भएकी सुशीला काठमाडौं आएको धेरै वर्ष भाडाकै घरमा बसिन्। सर्वोच्चमा न्यायाधीश हुँदा पनि उनी यस्तो कोठामा डेरा बस्थिन्, जहाँ सुरक्षाकर्मीलाई बस्ने ठाउँधरि थिएन। प्रधानन्यायाधीश भएर बालुवाटार आइसकेपछि पनि चमकधमकको जिन्दगीमा उनको टक बसेन। ‘मलाई साधारण जीवनशैली मनपर्ने तर प्रधानन्यायाधीश भएपछि सेना र प्रहरीको लाइन लगाएर हिँड्नुपर्ने,’ उनले भनिन्, ‘साइरन बजाउँदै अफिस र घर गर्न मलाई सुरुमा निकै सकस भयो, भिआइपीलाई मात्र यत्रो खर्च गर्न भन्दा बरु सहरै सुरक्षित बनाउन लागे हुने नि जस्तो सोच्थेँ। तर, जे भइरहेको छ त्यसलाई एक झट्कामा मैले मात्र छाडेर त भएन नि।’ प्रधानन्यायाधीशका रूपमा उनको १३ महिना भने चर्चा र सकस दुवैको मिश्रण रह्यो। लोकमान नियुक्तिको मुद्दा ब्युँताएपछि त उनले शक्तिशालीहरुका दबाब पनि झेलिन्। ती दबाबपूर्ण दिनमा उनको आड भनेका सुवेदी नै थिए। ‘म त फोन नै नउठाउने, अनि उहाँलाई फोन आउँथ्यो,’ उनले मायालाग्दो गरी श्रीमानको मुख हेर्दै भनिन्, ‘मैलेभन्दा उहाँले धेरै कचकच सुन्नुपर्यो बेकारमा।’ लोकमान नियुक्तिका सन्दर्भमा त स्वयं प्रधानमन्त्री पुष्पकमल दहालले आफ्नो सरकारी निवासमा बोलाएर भनेछन्, ‘बर्बाद गर्नुभयो। म प्रधानमन्त्री छउञ्जेल लोकमानको मुद्दा नचलाउनुस्, म गएपछि जेसुकै गर्नु।’ ‘मुद्दा अब ब्युँतिसक्यो, इजलास तोकिसकियो, अब जे हुन्छ हुन्छ, रोक्ने काम हुन्न मबाट,’ उनले जवाफ दिइन्। तत्काल सीमांकन हेरफेर गर्न नपाइने आदेशपछि पनि प्रधानमन्त्री दाहालले यसैगरी बोलाएको उनले सम्झिइन्। ‘त्यो भेटमा हुँदै नभएको कुरा दाहालले बाहिर ल्याउनुभयो, म त्यसपछि उहाँलाई भेट्न जानै छाडेँ,’ उनले भनिन्। लोकमानले त सुशीलाका आफन्तलाई समेत पठाए दबाब दिन। आफन्तबाट आएको त्यस्तो दबाबमा सुशीलाले भनिन्, ‘म मेरा बुवा स्वर्गबाट फिर्ता आएर भने पनि चलिरहेको मुद्दा रोक्न सक्दिनँ। प्रमाण र न्यायिक विवेकका आधारमा फैसला गर्ने हो, मलाई अरू कुराको मतलब छैन।’ यसरी दबाब दिन आउने कतिलाई त उनी भेट्दा पनि भेट्दिन थिइन्। तिनलाई सामना गर्नुपर्ने जिम्मा सुवेदीको हुन्थ्यो। न्यायाधीश नियुक्ति र प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिमा भने उनको कार्यकाल विवादमुक्त हुन सकेन। इजलासमा पक्ष–विपक्ष भएर उभिने नेपाल बार र सरकारी वकिल दुवैका संगठनले उनको विरोध गरे। सबभन्दा ठूलो त महाअभियोग नै लाग्यो। उनी निलम्बनमा परिन्। आइजिपी नियुक्तिमा उनको आदेशले एउटा नजिर भने बसाएको छ– आगामी दिन प्रहरी प्रमुखको नियुक्ति गर्दा सरकारले आफूलाई मन लागेको मान्छे टिपेर ल्याउन पाउने छैन। सरकारले तर्कपूर्ण र कार्य–सम्पादनका आधारमा छनौट गर्नुपर्नेछ। उनले अवकाश पाएकै दिन मंगलबार संसदले उनीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ। सुशीलाले आफ्नो कार्यकालमै न्यायाधीशहरूका लागि आवासको व्यवस्था होस्, कर्मचारीको सुविधा बढोस् भन्ने पनि चाहेकी थिइन्। सबैले बुझ्ने गरी फैसला लेखनमा टिपोटको व्यवस्था गर्न खोजेकी थिइन्। अदालत भवन निर्माण थालेकी थिइन्। न्याय सेवा सुधारसँग जोडिएका यस्ता प्रशासनिक काम पूरा गर्न नसकेकोमा उनलाई पछुतो छ। ‘कतिपय काम त एक्लैले चाहेर हुँदैन रहेछ,’ उनले भनिन्, ‘बजेट अभाव, जनशक्ति अभाव हुँदा रहेछन्। हामीकहाँ काम गर्ने प्रवृत्ति पनि छैन, त्यसैले गाह्रो भयो।’ सबभन्दा नराम्रो त उनलाई न्यायालयमा राजनीतिको डरलाग्दो छाया देखेर जानुपरेकोमा लागेको छ। राजनीतिक पृष्ठभूमि भएकी र राजनीतिक नेताकी पत्नी सुशीलाले कल्पना गरेको राजनीति यो कतै होइन। भनाइ र गराइमा यस्तो विरोधाभाषपूर्ण स्थिति देख्दा कहिलेकाहीँ उनका दाँत किटकिटाउँछन्। त्यसै पनि चर्को बोल्ने उनका स्वर एकाएक ठूला हुन्छन्। औंला तेर्सिन्छन्। तर, अचेल सुशीलाले आफूलाई थाम्न सिकिसकिन्। अब त झन् उनी यस्तो दाँत किटकिटाउने र औंला ठड्याउने कर्मबाट अलि परै बस्न चाहन्छिन्।
उनी अवकाशपछि सामान्य र शान्त जीवनमा प्रवेश गरेकी छन्। सेना र पुलिसका लस्कर अगाडि–पछाडि हुने छैनन्। अब बिहान–बेलुकी आफ्नै हातले खाना बनाएर श्रीमान र छोरालाई खुवाउने इच्छा छ, जुन उनले अहिलेसम्म विरलै गरेकी छन्। किताबहरू पनि पढ्न चाहन्छिन्। र, सबभन्दा ठूलो कुरा, अब बुढेसकालमा श्रीमान दुर्गा सुवेदीको स्याहार गर्ने उनलाई मन छ।
‘करिअरमै पूरा जिन्दगी गयो, मेरो करिअरकै लागि उहाँले घर हेर्नुभयो, छोरा मैले पाएँ, उहाँले हुर्काउनुभयो, घरबाहिर मैले सम्हालेँ, उहाँले मेरो घर सपार्नुभयो, मेरा सारा तनावहरू आफैंले बोक्ननुभयो, म त कस्ती छु भने उहाँ बिरामी हुँदा पनि एकछिन सँगै बस्न पाउँदिनँ, हेर्न पाउँदिनँ, के–के काम पर्छ, उहाँलाई ओछ्यानमै छोडेर फुत्त निस्किहाल्नुपर्छ। तर, उहाँले कहिल्यै केही गुनासो गर्नुभएन। यत्तिका वर्ष घरमा एक्लै बस्नुभयो, मलाई कुर्नुभयो, के सोच्नुभयो, कसरी बस्नुभयो, मैले कहिल्यै सोधिनँ, यस्तो लोग्ने सायदै कसैले पाउँछ,’ सुशीलाले भनिन्, ‘अहिलेसम्म उहाँले मलाई स्याहार्नुभयो, अब मेरो पालो, अब म उहाँलाई स्याहार्छु।’

All rights reserved with setopati.com

Designed by Growcept

शोभा शर्मा काठमाडौं, जेठ २४ अब म श्रीमानलाई स्याहार्छु सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।
दुर्गा सुवेदी सोमबार दिउँसो ३ बजेतिर थरथर कामिरहेका हातले फलफूल काट्दै थिए। घरमा कोही थिएन। प्रधानन्यायाधीश सुशीला कार्की छोरासँग पश्चिमतिर घुम्न गएकी थिइन्। त्यसै दिन फर्किने कार्यक्रम थियो। ‘श्रीमान् र बाबु पोखराबाट हिँडिसके अरे,’ श्रीमानका श्रीमान सुवेदीले मुस्कुराउँदै मलाई छेउमा बस्न इसारा गरे। दुई दिनको पोखरा विश्रामबाट फर्कन लागेका जहान–छोराको निम्ति फलफूल काट्दा-काट्दै एकछिन रोकिएर भने, ‘अहिल्यै काटेर राखे उहाँहरू आउनेबित्तिकै दिनहुन्छ नि!’ म हाँसेँ। उनी बढो तन्मयसाथ आँप काटिकुटी पार्नमा भुले। बोक्रा ताछेका आँपका टुक्राहरु सफा भाँडोमा खन्याए। प्लेटले छोपेर टेबुलमाथि ठिक्क पारे। बाहिर झमझम पानी पर्दै थियो। सुवेदीका आँखा बेचैन थिए। हाम्रो कुराकानीका बीचमा पनि उनका आँखा घरिघरि आँगनतिर दौडिन्थे। घरि भित्तेघडीमा टोलाउन थाल्थे। उनले जुन समयमा आइपुग्लान् भन्ठानेका थिए, त्यो बितिसकेको थियो। बेला घर्किएपछि पर्खाइ पीडा बन्दो रहेछ, सायद। दुई घन्टापछि एकाएक आँगनमा हलचल भयो। सिपाहीहरूले दौडिँदै गएर घरको मूलढोका घ्यार्र खोले। प्रधानन्यायाधीश कार्कीको गाडी छिर्यो। बाछिटा छल्दै ‘श्रीमान’ घरभित्र छिरिन्। अलि बेर बरन्डाकै सोफामा सुस्ताइन्। उनका श्रीमान छेउमै गएर बसे। पछिपछि आइरहेका छोरा गाडीबाट झारिएका सुटकेस मिलाउनतिर लागे। एकछिन अघिसम्म सुनसान बालुवाटारको प्रधानन्यायाधीश निवास एकाएक गुल्जार भएझैं भयो। यहाँ अरू बेला पनि यस्तै हुन्छ। सुवेदी प्रायः बोल्दैनन्। बोले पनि मसिनो आवाज निकाल्छन्। उनी मात्र छन् भने त घरमा मान्छे भए–नभएको पनि हेक्का हुन्न। कार्की भने बढ्तै चर्को बोल्छिन्। आवाज पनि वजनदार हुन्छ। उनी आएपछि मात्र लाग्छ, घरमा ज्यान आयो। यो सिलसिला चलेकै पचास वर्ष भइसक्यो। मोरङ, शंकरपुरमा रहेको जनता माविको प्राथमिक कक्षा यसैगरी गुलजार भएको थियो, जतिबेला साना केटीहरू फुरफुर गर्दै पढ्न आएका थिए। अमेरिकी संस्था पिसकोरले प्राथमिक तहको पढाइ निःशुल्क गरेपछि जनता माविमा प्राथमिक स्कुल सुरु भएको थियो। एसएलसी पास गरेर त्यहीँ पढाउन थालेका १८ वर्षीय सुवेदी प्राथमिक तहका हेडमास्टर थिए। त्यही बेला केही केटी विद्यार्थी अर्कै स्कुलबाट तीन कक्षामा भर्ना हुन प्रवेश परीक्षा दिन आए। तीमध्ये एउटी १० वर्षीया बालिका पनि थिइन्। उनको कपी जाँचेपछि सुवेदीले आफ्ना सहकर्मीलाई भने, ‘यिनलाई त पाँच कक्षामा राखिदिए हुन्छ, राम्रो पढ्दी रहिछे।’ उनै थिइन्, सुशीला कार्की।
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति। २०७४ वैशाख २२ गते सबैको ध्यान पाँच नम्बर इजलासमा थियो। न्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलास सम्हालिसकेका थिए। रिट निवेदकको सुनुवाइमा धेरै बेर लागेन। चोलेन्द्र इजलासबाट च्याम्बरमा आए। करिब एक घन्टापछि फेरि इजलास फर्के। र, यस्तो आदेश गरे, जसले महाअभियोग लागेर पाँच दिनसम्म घरमै बसेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वोच्चमा फिर्ता बोलायो। त्यसको ठिक एक महिनापछि जेठ २३ गते मंगलबार सर्वोच्चमा कार्कीको अन्तिम दिन थियो। उनले आफ्नो कार्यकालको अन्तिम पेसीसूची तोकिन्। केही बेरमा सर्वोच्चका न्यायाधीश र कर्मचारी उनको कार्यकक्षमै आए। सँगै चिया खाए। एकछिन हाँसोठट्टा चल्यो। झन्डै एक घन्टापछि सबै सहकर्मी र कर्मचारीलाई धन्यवाद दिएर सवा ११ बजेतिर उनी सर्वोच्च अदालतबाट अन्तिमचोटि विदा भइन्। १३ महिना प्रधानन्यायाधीश रहेकी र झन्डै आठ वर्ष सर्वोच्चमा बिताएकी कार्कीले ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश लिएकी हुन्। सुशीला नेपालकी पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।

 समय फेरियो। देश राजनीतिक जकडबाट मुक्त भयो। कताकता मनका जकडहरू पनि फुके। सुवेदीले वर्षौंदेखि मनको बाकसभित्र थुनेर बाहिरबाट ताल्चा मारेर राखेको आफ्नो भावना एकदिन सुशीलासामु खोले। धरानमा बसेर वकालत गरिरहेकी सुशीलालाई उनले सिधै गएर भने, ‘सुशीला, म तिमीसँग बिहे गर्न चाहन्छु।’ घर–आफन्त र साथीभाइले कत्ति कुरा काट्दा पनि अविवाहित सुशीलाले दुर्गाको प्रस्ताव एकै बचनमा स्वीकार गरिन्। सायद उनी सुवेदीलाई नै कुरिरहेकी थिइन्। विवाहपछि सुवेदी राजनीतिमा लागे, सुशीला वकालतमा। सुवेदीको राजनीतिक जीवन भने धेरै अघि बढेन। कांग्रेसबाट गणेशमान र कृष्णप्रसाद भट्टराईझैं उनी पनि बाहिरिए। सुशीला भने वकालतमा जम्दै गइन्। यसबीच उनीहरूको जिन्दगीमा छोराको आगमन भइसकेको थियो। अनि, यी दम्पतीबीच एउटा अव्यक्त सहमति भयो– घरव्यवहार र छोरा सुवेदीले सम्हाल्ने, वकालत सुशीलाले सम्हाल्ने।

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति। २०७४ वैशाख २२ गते सबैको ध्यान पाँच नम्बर इजलासमा थियो। न्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलास सम्हालिसकेका थिए। रिट निवेदकको सुनुवाइमा धेरै बेर लागेन। चोलेन्द्र इजलासबाट च्याम्बरमा आए। करिब एक घन्टापछि फेरि इजलास फर्के। र, यस्तो आदेश गरे, जसले महाअभियोग लागेर पाँच दिनसम्म घरमै बसेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वोच्चमा फिर्ता बोलायो। त्यसको ठिक एक महिनापछि जेठ २३ गते मंगलबार सर्वोच्चमा कार्कीको अन्तिम दिन थियो। उनले आफ्नो कार्यकालको अन्तिम पेसीसूची तोकिन्। केही बेरमा सर्वोच्चका न्यायाधीश र कर्मचारी उनको कार्यकक्षमै आए। सँगै चिया खाए। एकछिन हाँसोठट्टा चल्यो। झन्डै एक घन्टापछि सबै सहकर्मी र कर्मचारीलाई धन्यवाद दिएर सवा ११ बजेतिर उनी सर्वोच्च अदालतबाट अन्तिमचोटि विदा भइन्। १३ महिना प्रधानन्यायाधीश रहेकी र झन्डै आठ वर्ष सर्वोच्चमा बिताएकी कार्कीले ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश लिएकी हुन्।
सुशीला नेपालकी पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।
शक्ति पृथकीकरणको सिद्धान्तले भन्छ– सरकार, संसद र अदालतले राज्यका तीन छुट्टाछुट्टै अंगका रूपमा एकले अर्कोलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्नुपर्छ। कार्यकारी हैसियतमा रहेको सरकारबाट सबभन्दा धेरै र त्यसपछि संसदबाट कानुन र संविधानको दायरा बढी मिचिन्छ। राज्यका यी दुवै अंगलाई कानुन र संविधानको सीमाभित्र राख्न निरन्तर ‘वाचडग’ को भूमिका खेल्ने काम नै अदालतको हो। कार्की यस्ती विरल न्यायमूर्ति हुन्, जसले आफ्नो कार्यकालमा सरकार र संसदलाई कानुन र संविधानको परिधि मिच्नै दिइनन्। कानुन र संविधान पालनाको बाटोमा सरकार र संसदसामु पनि चट्टानझैं उभिनसक्ने सामर्थ्य सुशीलालाई उनको इमानदारी, निष्ठा र दृढताले नै दिएको हो। सुशीला जोधाहा र निर्भीक स्वभावकी हुनुमा उनको परिवार र खासगरी श्रीमान दुर्गा सुवेदीकै देन छ। सुवेदीले घर–व्यवहार धानिदिएकाले नै कार्की सहज रूपले न्याय–सम्पादनमा केन्द्रित रहन सकिन्। सुवेदी आफैं पनि कांग्रेस राजनीतिमा लागेका र २०३० सालको जहाज अपहरण काण्डमा संलग्न नेता हुन्, जसले आफ्नो आदर्शसँग सम्झौता गरेका भए राजनीतिमै धेरै अघि बढ्ने थिए। सुवेदी आफ्नो आदर्शमा डगेनन्, र सुशीलाले पनि कहिल्यै डग्नुपरेन। प्रधानन्यायाधीशका रूपमा उनी निर्भीक र हिम्मती हुन सकिन्। राजनीतिक नेताहरूविरुद्धको भ्रष्टाचार मुद्दा किनारा लगाइन्। प्रमुख दलहरूले समेत छुने आँट नगरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै अयोग्य ठहर गर्ने बाटो खोलिदिइन्। यी फैसलाले कार्कीलाई निर्भीक न्यायमूर्तिका रूपमा स्थापित गर्छन्। यसबीच न्यायसेवाको अन्तिम प्रहरमा आएर उनीमाथि नेपाली कांग्रेस र माओवादी केन्द्रबाट महाअभियोग लगाउने प्रयास भयो। नेपालकी पहिलो महिला प्रधानन्यायाधीश महाअभियोग दर्ता भएको पहिलो प्रधानन्यायाधीशसमेत बन्न पुगिन्। ‘जिन्दगीका उतारचढावले मानिसलाई कहाँदेखि कहाँ पुर्याउँछ पत्तै नहुने रहेछ,’ सुशीला सेवानिवृत्त हुनु अघिल्लो दिन सुवेदीले भनेका थिए, ‘मान्छेले सोचेजस्तो केही नहुने रहेछ।’ उनको यो भनाइ नै सुशीला कार्कीको जीवनको प्रतिविम्ब हो।
दुर्गाले पहिलोपटक देख्दा सुशीला सोझी विद्यार्थी थिइन्। पढ्नमा खुब मन लगाउँथिन्। सुवेदीले उनलाई ‘नोट’ गरेका थिए। नोट किन पनि गरेका थिए भने, कार्कीको परिवार धनकुटाको आफ्नै गाउँबाट झरेको हो भन्ने सुवेदीलाई थाहा भइसकेको थियो।
आमा बितेपछि घर छाडेर भागेका सुवेदी शंकरपुर झरेर पढाउन थालेका थिए। स्कुल, विद्यार्थी र तिनका अभिभावक नै उनका आफन्त बनेका थिए। तर, जबजब पहाडबाट मधेस झरेकाहरूसँग जम्काभेट हुन्थ्यो, उनको मन न्यास्रिन्थ्यो। उनलाई आफ्नै मान्छे भेटेझैं लाग्थ्यो। जस्तो, सुशीलालाई भेट्दा लाग्यो।
सुशीला पाँच कक्षासम्म त्यही स्कुलमा पढिन्, जहाँ सुवेदी हेडमास्टर थिए। पाँच कक्षा पास गरेपछि उनी जनता मावि गइन्। त्यसपछि भेटघाट पातलियो। एकैचोटि एसएलसीको ट्युसन कक्षामा उनले फेरि सुशीलालाई देखे। सुवेदी त्यतिबेला मोरङ क्याम्पसमा पढ्थे। क्याम्पस पढ्दा पढ्दै पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै जेल परेपछि उनको चर्चा चुलिएको थियो। मोरङ क्याम्पसको नाम फेरेर महेन्द्र मोरङ राखिएको विरोधमा विद्यार्थीहरू आन्दोलित थिए। हक्की स्वभावका सुवेदीले त महेन्द्र मोरङ क्याम्पस लेखेको बोर्डमै कालो दलिदिए। राजाको सक्रिय शासन बेला उनकै नाम भएको बोर्डमा कालो धस्नु कम दुस्साहस थिएन। र, यही दुस्साहसले सुवेदी जेल पर्दै राजनीतिक रूपले लोकप्रिय मात्र भएनन्, लामो विरामपछि सुशीलासँग भेट्ने साइत पनि जुरायो। सुवेदी ट्युसन कक्षाहरू पढाउँथे। राजनीतिमा लागेर परिचित भएपछि त सबै जना उनैलाई बोलाउन थाले। पहाडतिरबाट झरेकाहरू खासगरी आफ्नी छोरी पढाउन सुवेदीलाई नै सजिलो मान्थे। सुशीला पनि उनैकहाँ अंग्रेजीको ट्युसन पढ्न आउँथिन्। संयोग कस्तो भने, पछि एसएलसी परीक्षाको बेला गार्ड बस्ने सुवेदी नै थिए। एसएलसीमा सुशीलाको ‘सेकेन्ड डिभिजन’ आयो। सुशीलालाई पढ्न–लेख्न कहिल्यै दुःख भएन। उनको मावली काठमाडौं, न्यूरोडको बस्नेत खलक हो। त्यो समयमै उनकी आमाले ९ कक्षासम्म पढेकी थिइन्। सुशीलाका मामाहजुरबा राणाकालमा न्यायाधीश थिए। ‘मलाई त बुवाआमा दुवैले पढाउनु भएको सुरुमा,’ सुशीलाले भनिन्, ‘विराटनगरमा त्यतिखेर बिजुलीबत्ती भए पनि मधुरो बल्थ्यो। राति पढ्दा बत्ती निभे बुवा आफैं टर्चलाइट बालेर उभिनुहुन्थ्यो, म र भाइ त्यही टर्चको प्रकाशमा होमवर्क गर्थ्यौं।’ कहिलेकाहीँ हजुरआमा उनीहरूलाई दुना–टपरी गाँस्न बोलाउँथिन्। त्यस्तो बेला बुवा भन्थे, ‘यिनलाई के को दुना टपरी सिकाउनुहुन्छ। यिनीहरू त पढीवरी युरोप–अमेरिका गैहाल्छन्।’ ‘अनि, हजुरआमा के भन्नुहुन्थ्यो?’ मैले उत्सुक भएर सोधेँ। ‘हजुरआमा सोध्नुहुन्थ्यो, अमेरिकामा दुना–टपरी चाहिन्न र?’ बाल्यकालको यो घटना सम्झँदा सुशीला पनि मुसुमुसु हाँसिरहेकी थिइन्। ‘हजुरआमालाई नआउने केही थिएन,’ उनले सम्झिइन्, ‘कुन जडिबुटिको कुन दबाइ हुन्छ, कसरी बनाउने सबै कण्ठै थियो। उहाँ छँदै लेखेर राख्नुपर्ला भनेको फुर्सदै भएन।’ ‘तपाईं भागेर फिल्म हेर्न जानु भएन?’ बाल्यकालीन सम्झनाकै सिलसिलामा मैले सोधेँ। ‘किन नजानु, तर भागेर चाहिँ जान परेन,’ उनले भनिन्, ‘मेरी हजुरआमै त गाउँभरिका महिला बोकेर फिल्म हेर्न जाने हो, त्यो गोरूगाढा हुन्छ नि, त्यसमा चढ्यो, फारबिसगन्जसम्म गएर फिल्म हेर्यो।’ त्यही बेलाको कुरा हो, सुशीला पनि आफ्नी दिदीहरूसँग फिल्म हेर्न गएकी थिइन्। तर, फारबिसगन्जमा होइन, विराटनगरकै जलजला हलमा। फर्किंदा रात परिसकेको थियो। उनले भोलिपल्टको होमवर्क भ्याएकी थिइन। बिहानै स्कुल जानुपर्ने भएकाले उनीसँग होमवर्क गर्न समय कम थियो। अझ त्यो रात घरमा बत्ती थिएन। र, उनलाई होमवर्क सघाउने बुवा पनि थिएनन्। सुशीलाले हरेस खाइनन्। बरु आँगनमा निस्केर जूनको उज्यालोमै होमवर्क सकिन्। ‘यिनी मेहनती विद्यार्थी हुन् भनेर मैले त्यसै भनेको हो र,’ सुवेदीले भने। यसमा सुशीलाले थपिन्, ‘म फस्ट भइन, तर नराम्रो विद्यार्थी पनि हैन।’ एसएलसीपछि उनी महेन्द्र मोरङ कलेज भर्ना भइन्। बाक्लो राजनीतिक संगतमा लागेका सुवेदी त्यहीँ दोहोर्याएर बिए पढ्न थालेका थिए। उनी त्यही बेला विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भए। अहिले पनि सुवेदीलाई याद छ, उनले भाषण गरेको सुन्न सुशीला र उनका साथीहरू हुरहुर्ती कक्षा छाडेर आउँथे। भाषण मात्र सुन्ने होइन, पञ्चायतविरुद्धको आन्दोलनमा लाग्न पनि तयार रहन्थे। त्यही बेलाको कुरा हो, कलेजमा सुवेदी र उनका साथीहरूलाई खोज्दै आएका प्रहरीको बाटो छेक्न सुशीला आफ्ना साथीहरूसँग भुइँमा लम्पसार सुतिदिएकी थिइन्। त्यही घटनाले प्रेरित भएर सुशीलालाई पनि राजनीतिमा लाग्ने चाख बढ्दै थियो। तर, राजनीतिमा लाग्न खोजेकी सुशीलालाई परिस्थितिले अन्तै डोर्यायो।
कांग्रेसले सशस्त्र क्रान्तिको बाटो समातेको बेला थियो त्यो। सशस्त्र क्रान्ति निम्ति आर्थिक स्रोत थिएन। क्रान्तिकारीहरूले जहाज अपहरण गर्ने योजना बुने। दुर्गा सुवेदी, वसन्त भट्टराई, र नगेन्द्रप्रसाद ढुंगेल योजनामा सरिक थिए। उनीहरूले विराटनगरबाट राष्ट्र बैंकको पैसा लिएर काठमाडौं उडेको जहाज अपहरण गरे। यो घटनापछि सुवेदी अन्य साथीहरूसँगै भूमिगत भए। यसबीच सुशीला वनारस हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्रमा ‘पोस्ट ग्रायजुएसन’ गर्न गइन्। उनलाई उच्चशिक्षाको निम्ति वनारस जाने सल्लाह पनि सुवेदीले नै दिएका थिए। भारतमा इन्दिरा गान्धीको शासन थियो। सुवेदी जहाज अपहरणको आरोपमा उतै पक्राउ परे। उनलाई बिहारको पूर्णिया जेलमा राखियो। जेलमै छँदा सुशीला उनलाई भेट्न पुगेकी थिइन्। सुवेदीलाई भेट्न पार्टीका साथीहरूबाहेक आफ्ना मान्छे कोही आउँदैनथे। सुवेदीलाई लिएर पहिलोचोटि सुशीलाको मन पग्लिएको त्यही बेला हो। सुवेदीलाई भने सुशीला जेलमा भेट्न आएको चित्त बुझेको थिएन। ‘म पो जिन्दगी हत्केलामा राखेर हिँडेको थिएँ, एक्लै थिएँ,’ उनले भने, ‘उनको त परिवार थियो, बाँकी जीवन पनि उज्यालो थियो। त्यस्तो उज्यालो जिन्दगीलाई म आफ्नो छायाँले किन अँध्यारो पारुँ भन्ने लाग्थ्यो।’ तीन वर्षपछि सुवेदी जेलबाट छुटे। जेलबाट छुटे पनि भारतबाट बाहिर जाने अनुमति थिएन। उनी भने लुकी–लुकी नेपाल आउँथे। त्यही बेला सुशीलासँग पनि भेट हुन्थ्यो। यता सुशीलाले राजनीतिशास्त्रमा पोस्टग्रायजुएसन गरेर वकालत पढिसकेकी थिइन्। बुवासँगै मुद्दामामिला हेर्दाहेर्दै उनलाई वकालत प्यारो लाग्न थालेको थियो, जुन उनको बुवाको सपना पनि थियो। सुशीला स्नातक पढ्दाको कुरा हो, उनका बुवाले भारतका एक चर्चित महिला न्यायाधीशको तस्बिर टेबुलमा राख्दै भनेका थिए, ‘तिमी पनि यस्तै न्यायाधीश बन्नुपर्छ।’ ‘त्यतिबेला त मैले वास्ता गरिनँ, तर समयक्रमले मलाई त्यही ठाउँमा ल्याइपुर्यायो, जुन बुवाको चाहना थियो,’ सुशीलाले भनिन्। वकालत रोजे पनि सुशीलाको राजनीतिक चाख मेटिइसकेको थिएन। उनी वकालतका माध्यमबाट पञ्चायतविरोधी आन्दोलनमै साथ दिइरहेकी थिइन्। कानुनको किताब समातेर पञ्चायतको कानुन मिचाहा प्रवृत्तिविरुद्ध नै जमेर मुकाबिला गर्दै थिइन्। सुशीलाको यही निर्भीकताले नै सुवेदीको मन जित्यो।
 समय फेरियो। देश राजनीतिक जकडबाट मुक्त भयो। कताकता मनका जकडहरू पनि फुके। सुवेदीले वर्षौंदेखि मनको बाकसभित्र थुनेर बाहिरबाट ताल्चा मारेर राखेको आफ्नो भावना एकदिन सुशीलासामु खोले। धरानमा बसेर वकालत गरिरहेकी सुशीलालाई उनले सिधै गएर भने, ‘सुशीला, म तिमीसँग बिहे गर्न चाहन्छु।’ घर–आफन्त र साथीभाइले कत्ति कुरा काट्दा पनि अविवाहित सुशीलाले दुर्गाको प्रस्ताव एकै बचनमा स्वीकार गरिन्। सायद उनी सुवेदीलाई नै कुरिरहेकी थिइन्। विवाहपछि सुवेदी राजनीतिमा लागे, सुशीला वकालतमा। सुवेदीको राजनीतिक जीवन भने धेरै अघि बढेन। कांग्रेसबाट गणेशमान र कृष्णप्रसाद भट्टराईझैं उनी पनि बाहिरिए। सुशीला भने वकालतमा जम्दै गइन्। यसबीच उनीहरूको जिन्दगीमा छोराको आगमन भइसकेको थियो। अनि, यी दम्पतीबीच एउटा अव्यक्त सहमति भयो– घरव्यवहार र छोरा सुवेदीले सम्हाल्ने, वकालत सुशीलाले सम्हाल्ने।
महिना बिते, वर्ष बिते। सुशीला वरिष्ठ अधिवक्ता भइन्। राजनीतिमा लाग्ने इच्छा छाडेर वकालतमा हाम्फालेकी सुशीलालाई अब मान्छेहरू ‘सर्वोच्चको न्यायाधीश बन्नुपर्छ’ भन्न थालेका थिए। उनलाई भने वकालतमै भ्याइनभ्याई थियो। उनी सर्वोच्चमा जाने कि नजाने दोमनमै थिइन्। न्याय परिषदका सदस्यहरूले पनि उनलाई प्रस्ताव गरिसकेका थिए। अन्ततः सुशीलालाई न्यायाधीशका रूपमा हेर्न चाहने उनका बुवाको इच्छा पूरा भयो। २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भइन्। राष्ट्रपतिबाट नियुक्ति र शपथ लिएकै दिन तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले भने, ‘तिमी प्रधानन्यायाधीश हुन सक्छ्यौ।’ ‘म त यस्तो सुनेर झसंगै भएँ,’ सुशीलाले भनिन्, ‘आफूले जिन्दगीमा कहिल्यै नसोचेको कुरा।’ सर्वोच्चको न्यायाधीशका रूपमा पनि सुशीलाले धेरै ठाउँमा आफ्नो छाप छाडेकी छन्। राष्ट्र बैंकको एउटा निर्देशिका कानुनविपरित छ भन्ने मुद्दामा सुनुवाइ भइरहेको थियो। रायमाझी, सुशीला आफैं र अनुपराज शर्माको इजलासमा भइरहेको उक्त सुनुवाइमा रायमाझी निर्देशिकाको पक्षमा थिए भने अनुप विपक्षमा। तीन न्यायाधीशको इजलासमा दुई मत भएपछि तेस्रो न्यायाधीशको धारणा महत्वपूर्ण हुन्छ। सुशीलाले प्रधानन्यायाधीशसँगै राय बझाइदिइन्। पछि उनको अर्का न्यायाधीश रामप्रसाद श्रेष्ठसँग पनि राय बाझियो। त्यसो त जुनियर न्यायाधीशले राय बझाउँदा कतिपय न्यायाधीशलाई भित्रभित्रै मन पर्दैन। सुशीलाको सन्दर्भमा भने कसैले नराम्रो मानेनन्। उल्टै सहयोग गरे।
सर्वोच्च अदालतका ती दिन सम्झिँदा पनि सुशीला भावुक हुन्छिन्। ‘त्यो बेला हामी २२ जना न्यायाधीश थियौं, खाजा खाने समयमा सबै जना प्रधानन्यायाधीशकोमा जम्मा हुन्थ्यौं। कानुन, विधिशास्त्र र मुद्दाका विषयमा गम्भीर छलफल चल्थ्यो,’ उनले सम्झिइन्, ‘हामीलाई त कतिखेर खाजा टाइम आउँछ जस्तो हुन्थ्यो। कति कुरा जान्न सुन्न पाइन्थ्यो।’
‘मलाई साधारण जीवनशैली मनपर्ने तर प्रधानन्यायाधीश भएपछि सेना र प्रहरीको लाइन लगाएर हिँड्नुपर्ने,’ उनले भनिन्, ‘साइरन बजाउँदै अफिस र घर गर्न मलाई सुरुमा निकै सकस भयो, भिआइपीलाई मात्र यत्रो खर्च गर्न भन्दा बरु सहरै सुरक्षित बनाउन लागे हुने नि जस्तो सोच्थेँ। तर, जे भइरहेको छ त्यसलाई एक झट्कामा मैले मात्र छाडेर त भएन नि।’ उनका अनुसार खाजा समयको त्यस्तो छलफल गर्ने चलन विस्तारै हराउँदै गयो। प्रधानन्यायाधीश दामोदर शर्माको पालामा आउँदा त नाशै भयो। ‘उहाँ चाहिँ गयो कि तीर्थव्रत र धर्मकर्मका बाहेक कुरै नझिक्ने,’ उनले भनिन्, ‘त्यसैले जानै मन लाग्दैनथ्यो। हाजिर पनि तल आफ्नै च्याम्बरमा गर्न थालेका थियौं।’ न्यायाधीशका रूपमा सुशीलाको चर्चा चलेको भने भ्रष्टाचार मुद्दाबाट हो। उनले आफ्नो इजलासबाट तत्कालीन बहालवाला मन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गरेर जेल पठाइन्। त्यो बेला थुप्रै उच्चपदस्थ व्यक्तिहरू मुछिएका तर हदम्यादजस्तो प्राविधिक कारण देखाएर विशेष अदालतबाट सफाइ पाएका भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन थिए। सुशीलाले त्यस्ता मुद्दालाई ‘तथ्यका आधारमा फेरि सुनुवाइ गरेर फैसला गर्नू’ भन्दै विशेषमा पठाइदिइन्। यसमा पूर्वमन्त्री गोविन्दराज जोशी, रवीन्द्र शर्मा लगायतका मुद्दा थिए। भ्रष्टाचारका थाती मुद्दा किनारा लगाउने मात्र होइन, आफ्नो निष्ठा र इमानको बलमा न्याय सेवामाथिको राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै थिति बसाल्ने काम पनि सुशीलाले गरिन्। उनलाई दबाब र प्रभावमा नपर्ने न्यायाधीशका रूपमा चिनिन्छ। यसो हुनुमा उनको सादा जिन्दगीको पनि ठूलो हात छ। चमकधमक जीवनशैलीमा उनको रुचि थिएन। उनका पति दुर्गा सुवेदी त झन् अतिसामान्य जीवन बाँच्न रुचाउँथे। उनीहरूले एक्ला छोरालाई पनि यही आदर्शमा हुर्काए। यसले सुशीलाको निष्ठा र इमान अझ बलियो हुँदै गयो। कतिसम्म भने, त्यतिका वर्ष वकालत गरेकी र न्यायाधीश भएकी सुशीला काठमाडौं आएको धेरै वर्ष भाडाकै घरमा बसिन्। सर्वोच्चमा न्यायाधीश हुँदा पनि उनी यस्तो कोठामा डेरा बस्थिन्, जहाँ सुरक्षाकर्मीलाई बस्ने ठाउँधरि थिएन। प्रधानन्यायाधीश भएर बालुवाटार आइसकेपछि पनि चमकधमकको जिन्दगीमा उनको टक बसेन।
प्रधानन्यायाधीशका रूपमा उनको १३ महिना भने चर्चा र सकस दुवैको मिश्रण रह्यो। लोकमान नियुक्तिको मुद्दा ब्युँताएपछि त उनले शक्तिशालीहरुका दबाब पनि झेलिन्। ती दबाबपूर्ण दिनमा उनको आड भनेका सुवेदी नै थिए। ‘म त फोन नै नउठाउने, अनि उहाँलाई फोन आउँथ्यो,’ उनले मायालाग्दो गरी श्रीमानको मुख हेर्दै भनिन्, ‘मैलेभन्दा उहाँले धेरै कचकच सुन्नुपर्यो बेकारमा।’
लोकमान नियुक्तिका सन्दर्भमा त स्वयं प्रधानमन्त्री पुष्पकमल दहालले आफ्नो सरकारी निवासमा बोलाएर भनेछन्, ‘बर्बाद गर्नुभयो। म प्रधानमन्त्री छउञ्जेल लोकमानको मुद्दा नचलाउनुस्, म गएपछि जेसुकै गर्नु।’ ‘मुद्दा अब ब्युँतिसक्यो, इजलास तोकिसकियो, अब जे हुन्छ हुन्छ, रोक्ने काम हुन्न मबाट,’ उनले जवाफ दिइन्। तत्काल सीमांकन हेरफेर गर्न नपाइने आदेशपछि पनि प्रधानमन्त्री दाहालले यसैगरी बोलाएको उनले सम्झिइन्। ‘त्यो भेटमा हुँदै नभएको कुरा दाहालले बाहिर ल्याउनुभयो, म त्यसपछि उहाँलाई भेट्न जानै छाडेँ,’ उनले भनिन्। लोकमानले त सुशीलाका आफन्तलाई समेत पठाए दबाब दिन। आफन्तबाट आएको त्यस्तो दबाबमा सुशीलाले भनिन्, ‘म मेरा बुवा स्वर्गबाट फिर्ता आएर भने पनि चलिरहेको मुद्दा रोक्न सक्दिनँ। प्रमाण र न्यायिक विवेकका आधारमा फैसला गर्ने हो, मलाई अरू कुराको मतलब छैन।’ यसरी दबाब दिन आउने कतिलाई त उनी भेट्दा पनि भेट्दिन थिइन्। तिनलाई सामना गर्नुपर्ने जिम्मा सुवेदीको हुन्थ्यो। न्यायाधीश नियुक्ति र प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिमा भने उनको कार्यकाल विवादमुक्त हुन सकेन। इजलासमा पक्ष–विपक्ष भएर उभिने नेपाल बार र सरकारी वकिल दुवैका संगठनले उनको विरोध गरे। सबभन्दा ठूलो त महाअभियोग नै लाग्यो। उनी निलम्बनमा परिन्। आइजिपी नियुक्तिमा उनको आदेशले एउटा नजिर भने बसाएको छ– आगामी दिन प्रहरी प्रमुखको नियुक्ति गर्दा सरकारले आफूलाई मन लागेको मान्छे टिपेर ल्याउन पाउने छैन। सरकारले तर्कपूर्ण र कार्य–सम्पादनका आधारमा छनौट गर्नुपर्नेछ। उनले अवकाश पाएकै दिन मंगलबार संसदले उनीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ। सुशीलाले आफ्नो कार्यकालमै न्यायाधीशहरूका लागि आवासको व्यवस्था होस्, कर्मचारीको सुविधा बढोस् भन्ने पनि चाहेकी थिइन्। सबैले बुझ्ने गरी फैसला लेखनमा टिपोटको व्यवस्था गर्न खोजेकी थिइन्। अदालत भवन निर्माण थालेकी थिइन्। न्याय सेवा सुधारसँग जोडिएका यस्ता प्रशासनिक काम पूरा गर्न नसकेकोमा उनलाई पछुतो छ। ‘कतिपय काम त एक्लैले चाहेर हुँदैन रहेछ,’ उनले भनिन्, ‘बजेट अभाव, जनशक्ति अभाव हुँदा रहेछन्। हामीकहाँ काम गर्ने प्रवृत्ति पनि छैन, त्यसैले गाह्रो भयो।’ सबभन्दा नराम्रो त उनलाई न्यायालयमा राजनीतिको डरलाग्दो छाया देखेर जानुपरेकोमा लागेको छ। राजनीतिक पृष्ठभूमि भएकी र राजनीतिक नेताकी पत्नी सुशीलाले कल्पना गरेको राजनीति यो कतै होइन। भनाइ र गराइमा यस्तो विरोधाभाषपूर्ण स्थिति देख्दा कहिलेकाहीँ उनका दाँत किटकिटाउँछन्। त्यसै पनि चर्को बोल्ने उनका स्वर एकाएक ठूला हुन्छन्। औंला तेर्सिन्छन्। तर, अचेल सुशीलाले आफूलाई थाम्न सिकिसकिन्। अब त झन् उनी यस्तो दाँत किटकिटाउने र औंला ठड्याउने कर्मबाट अलि परै बस्न चाहन्छिन्।
उनी अवकाशपछि सामान्य र शान्त जीवनमा प्रवेश गरेकी छन्। सेना र पुलिसका लस्कर अगाडि–पछाडि हुने छैनन्। अब बिहान–बेलुकी आफ्नै हातले खाना बनाएर श्रीमान र छोरालाई खुवाउने इच्छा छ, जुन उनले अहिलेसम्म विरलै गरेकी छन्। किताबहरू पनि पढ्न चाहन्छिन्। र, सबभन्दा ठूलो कुरा, अब बुढेसकालमा श्रीमान दुर्गा सुवेदीको स्याहार गर्ने उनलाई मन छ।
‘करिअरमै पूरा जिन्दगी गयो, मेरो करिअरकै लागि उहाँले घर हेर्नुभयो, छोरा मैले पाएँ, उहाँले हुर्काउनुभयो, घरबाहिर मैले सम्हालेँ, उहाँले मेरो घर सपार्नुभयो, मेरा सारा तनावहरू आफैंले बोक्ननुभयो, म त कस्ती छु भने उहाँ बिरामी हुँदा पनि एकछिन सँगै बस्न पाउँदिनँ, हेर्न पाउँदिनँ, के–के काम पर्छ, उहाँलाई ओछ्यानमै छोडेर फुत्त निस्किहाल्नुपर्छ। तर, उहाँले कहिल्यै केही गुनासो गर्नुभएन। यत्तिका वर्ष घरमा एक्लै बस्नुभयो, मलाई कुर्नुभयो, के सोच्नुभयो, कसरी बस्नुभयो, मैले कहिल्यै सोधिनँ, यस्तो लोग्ने सायदै कसैले पाउँछ,’ सुशीलाले भनिन्, ‘अहिलेसम्म उहाँले मलाई स्याहार्नुभयो, अब मेरो पालो, अब म उहाँलाई स्याहार्छु।’
अब म श्रीमानलाई स्याहार्छु शोभा शर्मा काठमाडौं, जेठ २४ सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।
दुर्गा सुवेदी सोमबार दिउँसो ३ बजेतिर थरथर कामिरहेका हातले फलफूल काट्दै थिए। घरमा कोही थिएन। प्रधानन्यायाधीश सुशीला कार्की छोरासँग पश्चिमतिर घुम्न गएकी थिइन्। त्यसै दिन फर्किने कार्यक्रम थियो। ‘श्रीमान् र बाबु पोखराबाट हिँडिसके अरे,’ श्रीमानका श्रीमान सुवेदीले मुस्कुराउँदै मलाई छेउमा बस्न इसारा गरे। दुई दिनको पोखरा विश्रामबाट फर्कन लागेका जहान–छोराको निम्ति फलफूल काट्दा-काट्दै एकछिन रोकिएर भने, ‘अहिल्यै काटेर राखे उहाँहरू आउनेबित्तिकै दिनहुन्छ नि!’ म हाँसेँ। उनी बढो तन्मयसाथ आँप काटिकुटी पार्नमा भुले। बोक्रा ताछेका आँपका टुक्राहरु सफा भाँडोमा खन्याए। प्लेटले छोपेर टेबुलमाथि ठिक्क पारे। बाहिर झमझम पानी पर्दै थियो। सुवेदीका आँखा बेचैन थिए। हाम्रो कुराकानीका बीचमा पनि उनका आँखा घरिघरि आँगनतिर दौडिन्थे। घरि भित्तेघडीमा टोलाउन थाल्थे। उनले जुन समयमा आइपुग्लान् भन्ठानेका थिए, त्यो बितिसकेको थियो। बेला घर्किएपछि पर्खाइ पीडा बन्दो रहेछ, सायद। दुई घन्टापछि एकाएक आँगनमा हलचल भयो। सिपाहीहरूले दौडिँदै गएर घरको मूलढोका घ्यार्र खोले। प्रधानन्यायाधीश कार्कीको गाडी छिर्यो। बाछिटा छल्दै ‘श्रीमान’ घरभित्र छिरिन्। अलि बेर बरन्डाकै सोफामा सुस्ताइन्। उनका श्रीमान छेउमै गएर बसे। पछिपछि आइरहेका छोरा गाडीबाट झारिएका सुटकेस मिलाउनतिर लागे। एकछिन अघिसम्म सुनसान बालुवाटारको प्रधानन्यायाधीश निवास एकाएक गुल्जार भएझैं भयो। यहाँ अरू बेला पनि यस्तै हुन्छ। सुवेदी प्रायः बोल्दैनन्। बोले पनि मसिनो आवाज निकाल्छन्। उनी मात्र छन् भने त घरमा मान्छे भए–नभएको पनि हेक्का हुन्न। कार्की भने बढ्तै चर्को बोल्छिन्। आवाज पनि वजनदार हुन्छ। उनी आएपछि मात्र लाग्छ, घरमा ज्यान आयो। यो सिलसिला चलेकै पचास वर्ष भइसक्यो। मोरङ, शंकरपुरमा रहेको जनता माविको प्राथमिक कक्षा यसैगरी गुलजार भएको थियो, जतिबेला साना केटीहरू फुरफुर गर्दै पढ्न आएका थिए। अमेरिकी संस्था पिसकोरले प्राथमिक तहको पढाइ निःशुल्क गरेपछि जनता माविमा प्राथमिक स्कुल सुरु भएको थियो। एसएलसी पास गरेर त्यहीँ पढाउन थालेका १८ वर्षीय सुवेदी प्राथमिक तहका हेडमास्टर थिए। त्यही बेला केही केटी विद्यार्थी अर्कै स्कुलबाट तीन कक्षामा भर्ना हुन प्रवेश परीक्षा दिन आए। तीमध्ये एउटी १० वर्षीया बालिका पनि थिइन्। उनको कपी जाँचेपछि सुवेदीले आफ्ना सहकर्मीलाई भने, ‘यिनलाई त पाँच कक्षामा राखिदिए हुन्छ, राम्रो पढ्दी रहिछे।’ उनै थिइन्, सुशीला कार्की।
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्। तर, इतिहासमा उनको परिचय यसैमा मात्र सीमित रहने छैन। उनको नाम यस्ती हिम्मती प्रधानन्यायाधीशका रूपमा दर्ज हुनेछ, जसले आफ्नो न्याय सेवाका क्रममा कतिपय पुरुष प्रधानन्यायाधीशले आँट्न नसकेको थिति बसालिन्– राजनीतिको दबाब नकारेर न्यायालयलाई पूर्ण रूपले स्वतन्त्र रूपमा उभ्याउने थिति।
२०७४ वैशाख २२ गते सबैको ध्यान पाँच नम्बर इजलासमा थियो। न्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलास सम्हालिसकेका थिए। रिट निवेदकको सुनुवाइमा धेरै बेर लागेन। चोलेन्द्र इजलासबाट च्याम्बरमा आए। करिब एक घन्टापछि फेरि इजलास फर्के। र, यस्तो आदेश गरे, जसले महाअभियोग लागेर पाँच दिनसम्म घरमै बसेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वोच्चमा फिर्ता बोलायो। त्यसको ठिक एक महिनापछि जेठ २३ गते मंगलबार सर्वोच्चमा कार्कीको अन्तिम दिन थियो। उनले आफ्नो कार्यकालको अन्तिम पेसीसूची तोकिन्। केही बेरमा सर्वोच्चका न्यायाधीश र कर्मचारी उनको कार्यकक्षमै आए। सँगै चिया खाए। एकछिन हाँसोठट्टा चल्यो। झन्डै एक घन्टापछि सबै सहकर्मी र कर्मचारीलाई धन्यवाद दिएर सवा ११ बजेतिर उनी सर्वोच्च अदालतबाट अन्तिमचोटि विदा भइन्।
१३ महिना प्रधानन्यायाधीश रहेकी र झन्डै आठ वर्ष सर्वोच्चमा बिताएकी कार्कीले ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश लिएकी हुन्।

विवाहपछि सुवेदी राजनीतिमा लागे, सुशीला वकालतमा।
सुवेदीको राजनीतिक जीवन भने धेरै अघि बढेन। कांग्रेसबाट गणेशमान र कृष्णप्रसाद भट्टराईझैं उनी पनि बाहिरिए। सुशीला भने वकालतमा जम्दै गइन्। यसबीच उनीहरूको जिन्दगीमा छोराको आगमन भइसकेको थियो। अनि, यी दम्पतीबीच एउटा अव्यक्त सहमति भयो– घरव्यवहार र छोरा सुवेदीले सम्हाल्ने, वकालत सुशीलाले सम्हाल्ने।

उनका अनुसार खाजा समयको त्यस्तो छलफल गर्ने चलन विस्तारै हराउँदै गयो। प्रधानन्यायाधीश दामोदर शर्माको पालामा आउँदा त नाशै भयो। ‘उहाँ चाहिँ गयो कि तीर्थव्रत र धर्मकर्मका बाहेक कुरै नझिक्ने,’ उनले भनिन्, ‘त्यसैले जानै मन लाग्दैनथ्यो। हाजिर पनि तल आफ्नै च्याम्बरमा गर्न थालेका थियौं।’ न्यायाधीशका रूपमा सुशीलाको चर्चा चलेको भने भ्रष्टाचार मुद्दाबाट हो। उनले आफ्नो इजलासबाट तत्कालीन बहालवाला मन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गरेर जेल पठाइन्। त्यो बेला थुप्रै उच्चपदस्थ व्यक्तिहरू मुछिएका तर हदम्यादजस्तो प्राविधिक कारण देखाएर विशेष अदालतबाट सफाइ पाएका भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन थिए। सुशीलाले त्यस्ता मुद्दालाई ‘तथ्यका आधारमा फेरि सुनुवाइ गरेर फैसला गर्नू’ भन्दै विशेषमा पठाइदिइन्। यसमा पूर्वमन्त्री गोविन्दराज जोशी, रवीन्द्र शर्मा लगायतका मुद्दा थिए। भ्रष्टाचारका थाती मुद्दा किनारा लगाउने मात्र होइन, आफ्नो निष्ठा र इमानको बलमा न्याय सेवामाथिको राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै थिति बसाल्ने काम पनि सुशीलाले गरिन्। उनलाई दबाब र प्रभावमा नपर्ने न्यायाधीशका रूपमा चिनिन्छ। यसो हुनुमा उनको सादा जिन्दगीको पनि ठूलो हात छ। चमकधमक जीवनशैलीमा उनको रुचि थिएन। उनका पति दुर्गा सुवेदी त झन् अतिसामान्य जीवन बाँच्न रुचाउँथे। उनीहरूले एक्ला छोरालाई पनि यही आदर्शमा हुर्काए। यसले सुशीलाको निष्ठा र इमान अझ बलियो हुँदै गयो। कतिसम्म भने, त्यतिका वर्ष वकालत गरेकी र न्यायाधीश भएकी सुशीला काठमाडौं आएको धेरै वर्ष भाडाकै घरमा बसिन्। सर्वोच्चमा न्यायाधीश हुँदा पनि उनी यस्तो कोठामा डेरा बस्थिन्, जहाँ सुरक्षाकर्मीलाई बस्ने ठाउँधरि थिएन। प्रधानन्यायाधीश भएर बालुवाटार आइसकेपछि पनि चमकधमकको जिन्दगीमा उनको टक बसेन। ‘मलाई साधारण जीवनशैली मनपर्ने तर प्रधानन्यायाधीश भएपछि सेना र प्रहरीको लाइन लगाएर हिँड्नुपर्ने,’ उनले भनिन्, ‘साइरन बजाउँदै अफिस र घर गर्न मलाई सुरुमा निकै सकस भयो, भिआइपीलाई मात्र यत्रो खर्च गर्न भन्दा बरु सहरै सुरक्षित बनाउन लागे हुने नि जस्तो सोच्थेँ। तर, जे भइरहेको छ त्यसलाई एक झट्कामा मैले मात्र छाडेर त भएन नि।’ प्रधानन्यायाधीशका रूपमा उनको १३ महिना भने चर्चा र सकस दुवैको मिश्रण रह्यो। लोकमान नियुक्तिको मुद्दा ब्युँताएपछि त उनले शक्तिशालीहरुका दबाब पनि झेलिन्। ती दबाबपूर्ण दिनमा उनको आड भनेका सुवेदी नै थिए। ‘म त फोन नै नउठाउने, अनि उहाँलाई फोन आउँथ्यो,’ उनले मायालाग्दो गरी श्रीमानको मुख हेर्दै भनिन्, ‘मैलेभन्दा उहाँले धेरै कचकच सुन्नुपर्यो बेकारमा।’

‘मलाई त बुवाआमा दुवैले पढाउनु भएको सुरुमा,’ सुशीलाले भनिन्, ‘विराटनगरमा त्यतिखेर बिजुलीबत्ती भए पनि मधुरो बल्थ्यो। राति पढ्दा बत्ती निभे बुवा आफैं टर्चलाइट बालेर उभिनुहुन्थ्यो, म र भाइ त्यही टर्चको प्रकाशमा होमवर्क गर्थ्यौं।’ कहिलेकाहीँ हजुरआमा उनीहरूलाई दुना–टपरी गाँस्न बोलाउँथिन्। त्यस्तो बेला बुवा भन्थे, ‘यिनलाई के को दुना टपरी सिकाउनुहुन्छ। यिनीहरू त पढीवरी युरोप–अमेरिका गैहाल्छन्।’ ‘अनि, हजुरआमा के भन्नुहुन्थ्यो?’ मैले उत्सुक भएर सोधेँ। ‘हजुरआमा सोध्नुहुन्थ्यो, अमेरिकामा दुना–टपरी चाहिन्न र?’ बाल्यकालको यो घटना सम्झँदा सुशीला पनि मुसुमुसु हाँसिरहेकी थिइन्। ‘हजुरआमालाई नआउने केही थिएन,’ उनले सम्झिइन्, ‘कुन जडिबुटिको कुन दबाइ हुन्छ, कसरी बनाउने सबै कण्ठै थियो। उहाँ छँदै लेखेर राख्नुपर्ला भनेको फुर्सदै भएन।’ ‘तपाईं भागेर फिल्म हेर्न जानु भएन?’ बाल्यकालीन सम्झनाकै सिलसिलामा मैले सोधेँ। ‘किन नजानु, तर भागेर चाहिँ जान परेन,’ उनले भनिन्, ‘मेरी हजुरआमै त गाउँभरिका महिला बोकेर फिल्म हेर्न जाने हो, त्यो गोरूगाढा हुन्छ नि, त्यसमा चढ्यो, फारबिसगन्जसम्म गएर फिल्म हेर्यो।’ त्यही बेलाको कुरा हो, सुशीला पनि आफ्नी दिदीहरूसँग फिल्म हेर्न गएकी थिइन्। तर, फारबिसगन्जमा होइन, विराटनगरकै जलजला हलमा। फर्किंदा रात परिसकेको थियो। उनले भोलिपल्टको होमवर्क भ्याएकी थिइन। बिहानै स्कुल जानुपर्ने भएकाले उनीसँग होमवर्क गर्न समय कम थियो। अझ त्यो रात घरमा बत्ती थिएन। र, उनलाई होमवर्क सघाउने बुवा पनि थिएनन्। सुशीलाले हरेस खाइनन्। बरु आँगनमा निस्केर जूनको उज्यालोमै होमवर्क सकिन्। ‘यिनी मेहनती विद्यार्थी हुन् भनेर मैले त्यसै भनेको हो र,’ सुवेदीले भने। यसमा सुशीलाले थपिन्, ‘म फस्ट भइन, तर नराम्रो विद्यार्थी पनि हैन।’ एसएलसीपछि उनी महेन्द्र मोरङ कलेज भर्ना भइन्। बाक्लो राजनीतिक संगतमा लागेका सुवेदी त्यहीँ दोहोर्याएर बिए पढ्न थालेका थिए। उनी त्यही बेला विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भए। अहिले पनि सुवेदीलाई याद छ, उनले भाषण गरेको सुन्न सुशीला र उनका साथीहरू हुरहुर्ती कक्षा छाडेर आउँथे। भाषण मात्र सुन्ने होइन, पञ्चायतविरुद्धको आन्दोलनमा लाग्न पनि तयार रहन्थे। त्यही बेलाको कुरा हो, कलेजमा सुवेदी र उनका साथीहरूलाई खोज्दै आएका प्रहरीको बाटो छेक्न सुशीला आफ्ना साथीहरूसँग भुइँमा लम्पसार सुतिदिएकी थिइन्। त्यही घटनाले प्रेरित भएर सुशीलालाई पनि राजनीतिमा लाग्ने चाख बढ्दै थियो। तर, राजनीतिमा लाग्न खोजेकी सुशीलालाई परिस्थितिले अन्तै डोर्यायो।
आमा बितेपछि घर छाडेर भागेका सुवेदी शंकरपुर झरेर पढाउन थालेका थिए। स्कुल, विद्यार्थी र तिनका अभिभावक नै उनका आफन्त बनेका थिए। तर, जबजब पहाडबाट मधेस झरेकाहरूसँग जम्काभेट हुन्थ्यो, उनको मन न्यास्रिन्थ्यो। उनलाई आफ्नै मान्छे भेटेझैं लाग्थ्यो। जस्तो, सुशीलालाई भेट्दा लाग्यो। दुर्गाले पहिलोपटक देख्दा सुशीला सोझी विद्यार्थी थिइन्। पढ्नमा खुब मन लगाउँथिन्। सुवेदीले उनलाई ‘नोट’ गरेका थिए। नोट किन पनि गरेका थिए भने, कार्कीको परिवार धनकुटाको आफ्नै गाउँबाट झरेको हो भन्ने सुवेदीलाई थाहा भइसकेको थियो। सुशीला पाँच कक्षासम्म त्यही स्कुलमा पढिन्, जहाँ सुवेदी हेडमास्टर थिए। पाँच कक्षा पास गरेपछि उनी जनता मावि गइन्। त्यसपछि भेटघाट पातलियो। एकैचोटि एसएलसीको ट्युसन कक्षामा उनले फेरि सुशीलालाई देखे। सुवेदी त्यतिबेला मोरङ क्याम्पसमा पढ्थे। क्याम्पस पढ्दा पढ्दै पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै जेल परेपछि उनको चर्चा चुलिएको थियो। मोरङ क्याम्पसको नाम फेरेर महेन्द्र मोरङ राखिएको विरोधमा विद्यार्थीहरू आन्दोलित थिए। हक्की स्वभावका सुवेदीले त महेन्द्र मोरङ क्याम्पस लेखेको बोर्डमै कालो दलिदिए। राजाको सक्रिय शासन बेला उनकै नाम भएको बोर्डमा कालो धस्नु कम दुस्साहस थिएन। र, यही दुस्साहसले सुवेदी जेल पर्दै राजनीतिक रूपले लोकप्रिय मात्र भएनन्, लामो विरामपछि सुशीलासँग भेट्ने साइत पनि जुरायो। सुवेदी ट्युसन कक्षाहरू पढाउँथे। राजनीतिमा लागेर परिचित भएपछि त सबै जना उनैलाई बोलाउन थाले। पहाडतिरबाट झरेकाहरू खासगरी आफ्नी छोरी पढाउन सुवेदीलाई नै सजिलो मान्थे। सुशीला पनि उनैकहाँ अंग्रेजीको ट्युसन पढ्न आउँथिन्। संयोग कस्तो भने, पछि एसएलसी परीक्षाको बेला गार्ड बस्ने सुवेदी नै थिए। एसएलसीमा सुशीलाको ‘सेकेन्ड डिभिजन’ आयो। सुशीलालाई पढ्न–लेख्न कहिल्यै दुःख भएन। उनको मावली काठमाडौं, न्यूरोडको बस्नेत खलक हो। त्यो समयमै उनकी आमाले ९ कक्षासम्म पढेकी थिइन्। सुशीलाका मामाहजुरबा राणाकालमा न्यायाधीश थिए।
कांग्रेसले सशस्त्र क्रान्तिको बाटो समातेको बेला थियो त्यो। सशस्त्र क्रान्ति निम्ति आर्थिक स्रोत थिएन। क्रान्तिकारीहरूले जहाज अपहरण गर्ने योजना बुने। दुर्गा सुवेदी, वसन्त भट्टराई, र नगेन्द्रप्रसाद ढुंगेल योजनामा सरिक थिए। उनीहरूले विराटनगरबाट राष्ट्र बैंकको पैसा लिएर काठमाडौं उडेको जहाज अपहरण गरे। यो घटनापछि सुवेदी अन्य साथीहरूसँगै भूमिगत भए। यसबीच सुशीला वनारस हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्रमा ‘पोस्ट ग्रायजुएसन’ गर्न गइन्। उनलाई उच्चशिक्षाको निम्ति वनारस जाने सल्लाह पनि सुवेदीले नै दिएका थिए। भारतमा इन्दिरा गान्धीको शासन थियो। सुवेदी जहाज अपहरणको आरोपमा उतै पक्राउ परे। उनलाई बिहारको पूर्णिया जेलमा राखियो। जेलमै छँदा सुशीला उनलाई भेट्न पुगेकी थिइन्। सुवेदीलाई भेट्न पार्टीका साथीहरूबाहेक आफ्ना मान्छे कोही आउँदैनथे। सुवेदीलाई लिएर पहिलोचोटि सुशीलाको मन पग्लिएको त्यही बेला हो। सुवेदीलाई भने सुशीला जेलमा भेट्न आएको चित्त बुझेको थिएन। ‘म पो जिन्दगी हत्केलामा राखेर हिँडेको थिएँ, एक्लै थिएँ,’ उनले भने, ‘उनको त परिवार थियो, बाँकी जीवन पनि उज्यालो थियो। त्यस्तो उज्यालो जिन्दगीलाई म आफ्नो छायाँले किन अँध्यारो पारुँ भन्ने लाग्थ्यो।’ तीन वर्षपछि सुवेदी जेलबाट छुटे। जेलबाट छुटे पनि भारतबाट बाहिर जाने अनुमति थिएन। उनी भने लुकी–लुकी नेपाल आउँथे। त्यही बेला सुशीलासँग पनि भेट हुन्थ्यो। यता सुशीलाले राजनीतिशास्त्रमा पोस्टग्रायजुएसन गरेर वकालत पढिसकेकी थिइन्। बुवासँगै मुद्दामामिला हेर्दाहेर्दै उनलाई वकालत प्यारो लाग्न थालेको थियो, जुन उनको बुवाको सपना पनि थियो। सुशीला स्नातक पढ्दाको कुरा हो, उनका बुवाले भारतका एक चर्चित महिला न्यायाधीशको तस्बिर टेबुलमा राख्दै भनेका थिए, ‘तिमी पनि यस्तै न्यायाधीश बन्नुपर्छ।’ ‘त्यतिबेला त मैले वास्ता गरिनँ, तर समयक्रमले मलाई त्यही ठाउँमा ल्याइपुर्यायो, जुन बुवाको चाहना थियो,’ सुशीलाले भनिन्। वकालत रोजे पनि सुशीलाको राजनीतिक चाख मेटिइसकेको थिएन। उनी वकालतका माध्यमबाट पञ्चायतविरोधी आन्दोलनमै साथ दिइरहेकी थिइन्। कानुनको किताब समातेर पञ्चायतको कानुन मिचाहा प्रवृत्तिविरुद्ध नै जमेर मुकाबिला गर्दै थिइन्। सुशीलाको यही निर्भीकताले नै सुवेदीको मन जित्यो।
 समय फेरियो। देश राजनीतिक जकडबाट मुक्त भयो। कताकता मनका जकडहरू पनि फुके। सुवेदीले वर्षौंदेखि मनको बाकसभित्र थुनेर बाहिरबाट ताल्चा मारेर राखेको आफ्नो भावना एकदिन सुशीलासामु खोले। धरानमा बसेर वकालत गरिरहेकी सुशीलालाई उनले सिधै गएर भने, ‘सुशीला, म तिमीसँग बिहे गर्न चाहन्छु।’ घर–आफन्त र साथीभाइले कत्ति कुरा काट्दा पनि अविवाहित सुशीलाले दुर्गाको प्रस्ताव एकै बचनमा स्वीकार गरिन्। सायद उनी सुवेदीलाई नै कुरिरहेकी थिइन्।
विवाहपछि सुवेदी राजनीतिमा लागे, सुशीला वकालतमा। सुवेदीको राजनीतिक जीवन भने धेरै अघि बढेन। कांग्रेसबाट गणेशमान र कृष्णप्रसाद भट्टराईझैं उनी पनि बाहिरिए। सुशीला भने वकालतमा जम्दै गइन्। यसबीच उनीहरूको जिन्दगीमा छोराको आगमन भइसकेको थियो। अनि, यी दम्पतीबीच एउटा अव्यक्त सहमति भयो– घरव्यवहार र छोरा सुवेदीले सम्हाल्ने, वकालत सुशीलाले सम्हाल्ने। महिना बिते, वर्ष बिते। सुशीला वरिष्ठ अधिवक्ता भइन्। राजनीतिमा लाग्ने इच्छा छाडेर वकालतमा हाम्फालेकी सुशीलालाई अब मान्छेहरू ‘सर्वोच्चको न्यायाधीश बन्नुपर्छ’ भन्न थालेका थिए। उनलाई भने वकालतमै भ्याइनभ्याई थियो। उनी सर्वोच्चमा जाने कि नजाने दोमनमै थिइन्। न्याय परिषदका सदस्यहरूले पनि उनलाई प्रस्ताव गरिसकेका थिए। अन्ततः सुशीलालाई न्यायाधीशका रूपमा हेर्न चाहने उनका बुवाको इच्छा पूरा भयो। २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भइन्। राष्ट्रपतिबाट नियुक्ति र शपथ लिएकै दिन तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले भने, ‘तिमी प्रधानन्यायाधीश हुन सक्छ्यौ।’ ‘म त यस्तो सुनेर झसंगै भएँ,’ सुशीलाले भनिन्, ‘आफूले जिन्दगीमा कहिल्यै नसोचेको कुरा।’ सर्वोच्चको न्यायाधीशका रूपमा पनि सुशीलाले धेरै ठाउँमा आफ्नो छाप छाडेकी छन्। राष्ट्र बैंकको एउटा निर्देशिका कानुनविपरित छ भन्ने मुद्दामा सुनुवाइ भइरहेको थियो। रायमाझी, सुशीला आफैं र अनुपराज शर्माको इजलासमा भइरहेको उक्त सुनुवाइमा रायमाझी निर्देशिकाको पक्षमा थिए भने अनुप विपक्षमा। तीन न्यायाधीशको इजलासमा दुई मत भएपछि तेस्रो न्यायाधीशको धारणा महत्वपूर्ण हुन्छ। सुशीलाले प्रधानन्यायाधीशसँगै राय बझाइदिइन्। पछि उनको अर्का न्यायाधीश रामप्रसाद श्रेष्ठसँग पनि राय बाझियो। त्यसो त जुनियर न्यायाधीशले राय बझाउँदा कतिपय न्यायाधीशलाई भित्रभित्रै मन पर्दैन। सुशीलाको सन्दर्भमा भने कसैले नराम्रो मानेनन्। उल्टै सहयोग गरे।