विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालालो अग्रता फराकिलो पारेका छन्।
नेपाली कांग्रेसका कोइरालाले २५८३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा निराला कार्कीको अग्रता कायमै रहँदा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव उनलाई पछ्याइरहेका छन्।
कार्कीले ८५३ मत पाउँदा यादवले ६७५ मत पाएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, ०८:११:००