खानपिनका लागि यहाँ रेस्टुरेन्ट वा ढाबा पनि छन्। तर रेस्टुरेन्ट वा ढाबामा खाने हो भने पैसा बचाउन मुस्किल पर्छ। त्यसैले सन्तोष लगायत सबै नेपाली चालकहरूले आ-आफ्नो भान्सा गाडीमै बोकेर हिँडेका हुन्छन्। दाल, चामलदेखि तरकारी, नुन, तेल, मरमसला र खानेपानी ट्रेलरको 'किचन बक्स' मा राख्छन्।
यस्ता थुप्रै अनुभव सुनाए, साउदीमा ट्रेलर चलाउने काम गरिरहेका पाल्पाका सन्तोष रूछालले।
'सधैं सँगसँगै भेटिने साथीहरू पालो मिलाएर पकाउने गर्छौं,' उनले भने, 'साथीभाइ सँगै बसेर हरियो तरकारी, माछा-मासुसँग भात खान निकै स्वाद पर्छ। त्यसपछि बल्ल दिनभरको भोक र प्यास मेटिन्छ।'
सन्तोष नित्य १७ घन्टा ट्रेलर कुदाउँछन्। निद्राले झुपझुप पार्दा गाडीभित्रै ओछ्याउन लगाएर पल्टन्छन्। सफरको बीचमा परिवारको सम्झनाले सतायो भने गाडी साइड लगाएर मोबाइल डेटा खोल्छन् र मेसेन्जरको भिडिओ कलमा परिवारको मुहार हेरेर मन बुझाउँछन्।
'रेमिटेन्स ल्याउनेको कथा' शृंखलामा सन्तोषले आफ्नो जीवनको उतारचढाव, परदेशको अनुभव, आफ्नो काम, कमाइ र घरपरिवारबारे लामो व्याख्या गरेका छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)