फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ। उसले पहिलो पटक विश्वकप फाइनल खेलिरहेको क्रोएशियालाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधिमा दोश्रो पटक कब्जा जमाएको हो।
आईतबार राति सम्पन्न २१ औं संस्करणको फाइनलमा फ्रान्सका एन्टोइन ग्रिजम्यान, पल पोग्बा र केइलिन एमबाप्पेले एक एक गोल गरे भने क्रोएसियाका मारियो मान्जुकिच र इभान पेरिसिचले गोल गरेका थिए।
पहिलो हाफमा २-१ ले अगाडि रहेको फ्रान्सका लागि सुरुका दुई गोलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा भएको थियो।
मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो। पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो।
पहिलो हाफमा २-१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थपेको थियो भने क्रोएसियाले १ गोल गरेको थियो।