राजनराज सिवाकोटी र स्मृति दाहालको स्वरमा 'मायालु तिमी कता छौ २' युट्युबमा सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र पल शाहको अभिनय र नृत्य छ।
भिडियोमा बाल कलाकारमा एन्जल राई र अर्बिन खड्काले पनि अभिनय गरेका छन्। गीतमा बाल गायिका ग्रस्मा सिवाकोटीले पनि स्वर दिएकी छिन्।
झन्डै एक वर्षअघि राजनराज र स्मृतिको स्वरमा 'मायालु तिमी कता छौ' बोलको गीत चर्चित बनेको थियो। 'सिरीरी' शीर्षक दिइएको यो गीत त्यसकै दोस्रो भाग हो।
लोक शैलीमा आधारित 'मायालु तिमी कता छौ २' माया-पिरती सम्बन्धी छ। गीतमा राजनराज सिवाकोटीकै संगीत छ। बिहीबार युट्युब च्यानल 'गज्जब टिभी' बाट 'मायालु तिमी २' सार्वजनिक भएको हो।
सरोज ओझाको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी छ। भिडियोको अवधारणा र कोरियोग्राफी विक्रम स्वारले तयार पारेका हुन्।