गायक सुनिल गिरीले बर्खे झरीको मौसममा नयाँ गीत 'झरी परेको रात' सार्वजनिक गरेका छन्।
ग्रामीण परिवेशलाई टपक्क टिपेर भिडिओमार्फत् पस्कन सिपालु सुनिलले यसपालि पनि सोही कुरालाई निरन्तरता दिएका छन्। गीतमा खरी ढुङ्गाले छाएको पुरानो घर देख्न सकिन्छ।
शब्द अनि संगीत सुनिलकै रहेको छ। त्रिसला गुरुङले स्वरमा साथ दिएकी छन्। सुनिल आफैंले निर्देशन गरेको भिडिओमा उनी सँगै श्रेया शर्माको अभिनय छ।
अनिल के मानन्धरले खिचेको भिडिओ विवेक विकले सम्पादन गरेका छन्। गीतको भिडिओ सुनिल गिरीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।
'को होला त्यो' बोलको गीतबाट डेब्यु गरेका सुनिलका 'देउराली भञ्ज्याङ्', 'कस्तो यो मन', 'रोगै पिरती' लगायत गीत चर्चित छन्।
भिडिओ: