सुनिल कटवलले ‘मुखैमा राम राम बगलीमा छुरा’ नामको गीत र म्युजिक भिडिओ बजारमा ल्याएका छन्।
उक्त गीतमा सुनिललाई मेलिना राईले साथ दिएकी छन्।
भिम बिसीको शब्द र उदयराज पौडेलको संगीत रहेको उनको नयाँ गीतको भिडिओमा कलाकारहरू पल शाह,स्वस्तीमा खड्का र नाजिर हुसेनले अभिनय गरेका छन्।
मनोज बस्नेतले निर्देशन गरेको उक्त म्युजिक भिडिओमा राजिव समरले नृत्य संयोजन गरेका छन्। सुनिलले ताराबाजी लैलै र कपुरी क जस्ता केही चर्चित गीत पस्किसकेका छन्।