राजेश हमाल, प्रकाश सपूत र वर्षा सिवाकोटी एकै ठाउँ नाचेकाे देख्न पाइने भएको छ। लोकगायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको नयाँ लोकदोहोरीमा यी तीन कलाकारको जमघट भएको हो।
गीत हिजो सोमबार गायक प्रकाश पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। यी तीन कलाकारको नृत्य हेर्न पाइने यो गीतको भिडियो देवेन्द्र बब्लुले निर्देशन गरेका हुन्। गीतमा मौसम हिमालीको कोरियाग्राफी छ।