निर्देशक हंसल मेहता र अभिनेता राजकुमार रावले शाहिद, अलिगढ, सिटी लाइट्स, ओमेर्टाजस्ता उत्कृष्ट फिल्ममा सहकार्य गरेका छन्। यी दुईको नयाँ सहकार्य 'छलाङ'को ट्रेलर सार्वजनिक भएको छ।
शनिबार सार्वजनिक छलाङको ट्रेलर दर्शकले छोटो समयमै रुचाइएका छन्। सवा करोडले हेरिसकेको यो फिल्ममा राजकुमार रावसँगै नुसरत बरुचा, शौरभ शुक्ला, मोहम्मद अयुब मुख्य भूमिकामा छन्।
कमेडी विधाको यो फिल्ममा राजकुमार मोन्टु नामको पात्रको भूमिकामा देखिएका छन् जो व्यायाम शिक्षक हुन्छन्। ट्रेलरमा देखाइए अनुसार उनी नयाँ कम्युटर शिक्षक नीलूप्रति आकर्षित हुन्छन्। तर त्यही स्कुलका अर्का व्यायाम शिक्षक आकाश भने मोन्टुका प्रतिस्पर्धी बनेर आउँछन्।
जनवरी अन्तिम साता रिलिज हुने तयारीमा रहेको फिल्मको प्रदर्शन मिति पटक पटक सरेर १३ नोभेम्बरमा तय भएपछि फिल्मको ट्रेलर सार्वजनिक भएको हो।