चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन्।
यसअघि अडिसनमार्फत उक्त चलचित्रका लागि केही कलाकार छनौट भएका थिए।
चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामालसँगै सम्पदा पनि छनोट भएको बतााइएको छ।
यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिसकेका छन्।
यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सञ्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन्।
विगत २५ वर्षदेखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाइको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन्।
यो चलचित्र वैशाख पहिलो साताबाट छायांकन गरिने बताइएको छ।