गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ कोशेली 'माया बैगुनी' सार्वजनिक गरेकी छिन्। प्रेमील शैलीको यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।
पहिलो पटक गायिका लाम्गादेले यसै भिडिओ मार्फत म्युजिक भिडिओ अभिनयमा डेब्यू गरेकी छिन्। म्युजिक भिडिओमा गायिका लाम्गादे र कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।
प्रज्वल पन्तले छायांकन गरेको यस भिडिओलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडिओ तयार पारिएको हो।
बुढासुब्बा डिजिटलमार्फत भिडिओ सार्वजनिक भएको हो।
हेर्नुहोस् भिडिओ