नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण आजबाट सकिएको छ। महोत्सवमा 'आमा खान्डो', 'जुलुङ्गो', 'लाटोकोशेरो' र ‘सरिता टेल मि हु आइ एम’ फिल्मले महत्वपूर्ण पुरस्कारहरु जितेका छन्।
५ दिनसम्म चलेको महोत्सवमा फिचर फिल्म विधाको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशनतर्फको अवार्ड जित्यो। फिल्मले एक लाख नगद प्राप्त गर्न सफल रह्यो।
निफमा यसैबीच उत्कृष्ट फिल्म अवार्ड अन्तर्गत राजेश प्रसाद खत्रीको ‘जुलुङ्गो’ ले हात पारेको छ। यो फिल्मले ५ सय अमेरिकी डलरको पुरस्कार प्राप्त गर्यो। ५ सय डलर राशिको बागमती अवार्ड कोरियाका निर्देशक संगबिन बुनको ‘गड्स डटर डान्सेज’ले प्राप्त गरेको छ।
मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेसनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन्। उत्कृष्ट वृत्तचित्रतर्फ गणेश पाण्डेको सिभिल सोल्जर्सले हात पारेको छ।
यसै गरी माउन्ट एभरेष्ट वृतचित्र अवार्ड स्वीजरल्याण्डका निर्देशक एड्रिनो जेकाको ‘रिटर्न टु द लस्ट’ ले पाएको छ।
गौतमबुद्ध अर्वाड अन्तर्गत भारतीय चलचित्र ‘डिक्सनरी’ र उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायांकन एवम् महिला तथा पुरुष कलाकारको अभिनयतर्फ लाटोकोशेरोले अवार्ड हात पारेको छ।
कार्यक्रमको अन्तिम दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले विषम परिस्थितिमा पनि निफको कार्यक्रम उत्साहजनक रहेको बताए। नेपाली कथा, चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नुमा निफको भूमिकाको प्रशंसा गर्दे आगामी दिनमा चलचित्र विकास बोर्डले विभिन्न संघ संस्थासँगको सहकार्यमा चलचित्र गतिवििध अगाडि बढाउने बताए।
कार्यक्रमको समापन नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले कार्यक्रमको सफल पार्न सहयोग सबैलाई धन्यवाद दिँदै निफका कार्यक्रमहरुलाई थप गतिशिल एवं प्रभावकारी बनाउने बताए।
निफको आजको सुरुवाती सत्रमा चलचित्रको आर्थिक एवं गुणात्मक स्तरबारे बहस गरिएको थियो। कार्यक्रममा युग पाठकले चलचित्र समाजकोे भाषा र संस्कृति देखाउने ऐना हो भन्दै यसले विचारको प्रतिनिधित्व गरेको बताए। पंचायती सिनेमाले सोही अनुसार देखाउँथे भने ६२/६३ का सिनेमाले आन्दोलन रुपान्तरणको ऐना देखाएको स्मरण गर्दे हालको एैनाले समाजको विविधता र जनभावनालाई देखाउने कोशिश न्यून रहेको बताए।
यसै गरि लेखक तथा पत्रकार बविता बस्नेतले फिल्म निमार्ण गर्दा कस्तो हो, यसको सन्देश के हो, भन्ने हो। आमा, सिन्दुर, माइतीघरजस्ता महिलाकेन्द्रित फिल्म स्मरण गर्दे महिलाका संवेदनाहरुको पहिलाभन्दा हाल कमी हुँदै गएको बताइन्।
समयको परिवर्तनसँगै भावना आँसुसँगै अपनत्व झल्कदै जीवन्त रहनुपर्ने उनको जोड छ। अबको फिल्ममा महिलाको यथार्थता देखाइनुपर्ने रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नेपर्नुमा उनले जोड दिए।
लेखक तथा साहित्यकार कृष्ण धराबासीले नेपाली चलचित्रले मनोरञ्जनमा मात्र सीमित नभई फिल्म लेख्ने लेखमा कति कल्पना गर्ने सक्ने छन्, कति समाज बुझने छन्, कति जीवनदृष्टि स्पष्ट भएका छन र त्यो कथालाई निर्देशक र कलाकारले अभिनय कलाले प्रस्तुत गर्ने बताए।
संसारभरका सिनेमा हेरेका दर्शकालाई नेपाली सिनेमाले अब आकर्षण गर्नुपर्ने उनको भनाइ थियो। सिनेमा निमार्ण गर्दा लेखक, निर्देशक, कलाकार, तथा टिममा गहन छलफल बिनै निमार्ण हुने गरेको बताए। विशेष गरी लेखक, निमार्ता, निर्देशकबीचका समन्वयको अभावले गर्दा धेरै स्तरीय साहित्यिक सिनेमा असफल भएको उनको भनाइ छ।
सिनेमामार्फत नेपालीकला, संस्कृति र पर्यटनलाई विश्वभर फैलाउने निफको उद्देश्य रहेको निफको जुममार्फत कार्यक्रमको समापनसत्रमा फैजिया फतिमाले निफमा स्तरीय कथाहरु आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्वेवारीमा रहँदा खुसी लागेको बताइन्।
यसै गरी पोर्चुगलका सिनेमा निर्माता ज्वाओ पाउलो मकेडोले मानव जीवनका यथार्थ कथालाई सिनेमामार्फत उतार्न सफल रहेको बताए। विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रिकृत गर्न सफल रहेको बताए।
यसैबिच मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समय अघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ट लागेको बताए।