गायक केतन क्षेत्रीको आवाजमा रहेको कर्णप्रिय गीत 'परदेशी आयो'को भिडिओ सार्वजनिक भएको छ। प्रकाश सापकोटाको रचनामा बनेको गीतमा सुवास भुषालले संगीत दिएका छन्।
चाडवाडको समयमा सार्वजनिक यस गीतमा धन कमाउन विदेश गएका युवाले लामो समयपछि विदेश फर्कंदाको कथा देखाइएको छ।
देवेन्द्र नेपालको निर्देशनमा बनेको भिडिओमा अभिनेता विपीन कार्कीको मुख्य भूमिकामा अभिनय गरेका छन्। भिडिओमा विपीनका साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगायतको अभिनय छ। दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडिओका सम्पादक विकास दाहाल हुन्।
केतनको स्वरमा विपीनले प्रसाद फिल्मको 'लै लै' र सेल्फी किङको 'जिन्दगीको के छ र भर' जस्ता चर्चित गीतमा अभिनय गरिसकेका छन्।
आज आइतबार सार्वजनिक 'परदेशी आयो' गीत गोल्डेन हार्ट्स पिक्चरको युट्युब च्यानलबाट अपलोड गरिएको हो।