युवा गायक आयुस्मान विष्टको स्वरमा समावेश 'पोखरेली नानी' बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्। गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने सञ्जीव बराइलीको संगीत संयोजन रहेको छ।
गीतको भिडिओमा युवा-युवतीबीच प्रेम र आकर्षणको कथा भनिएको छ। भिडिओमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडिओलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकास दाहालको भिडिओमा सम्पादन रहेको छ। पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडिओलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो।
वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक बिस्टले 'मेरो कलिलो मन' गीतबाट आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका थिए।