'टिकटक क्विन'का रुपमा चर्चा कमाएकी मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन्। अमेरिका बस्दै आएका प्रभात बाबुसँग सोमबार उनको विवाह भएको हो।
विराटनगरको एक रिसोर्टमा भएको रेश्मा र प्रभातको विवाह समारोहमा सीमित आफन्त, साथीभाइ र केही कलाकार उपस्थित भएका छन्।
रेश्माले गत वर्ष अमेरिकामा बस्ने प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन्। इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्।
रेश्माका श्रीमान् प्रभात अमेरिकामा चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन्। २५ वर्षीया रेश्मा घिमिरे पेशाले नर्स हुन्।टिकटकबाट चर्चा कमाएकी रेश्माले म्युजिक भिडिओहरुमा काम गर्ने अवसर पाइन्।