सिनेमा हलमा खासै दर्शक तान्न नसकेका थुप्रै नेपाली फिल्मले युट्युबमा भने लाखौं दर्शक पाउने गरेका छन्। भारतको सिक्किम र नेपालमा छायांकन भएको विकासराज आचार्य निर्देशित 'हजार जुनीसम्म' को हकमा पनि यस्तै भएको छ।
सिनेमा हलमा जादु देखाउन नसकेको यो फिल्म युट्युबमा छोटो समयमा लाखौंले हेरेका छन्। ओएसआर डिजिटलबाट अपलोड भएको फिल्मले दोस्रो दिनमा १५ लाख भ्युज पाइसकेको छ।
फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, अखिलेश प्रधान, सञ्चिता लुइँटेल, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको मुख्य भूमिका छ। फिल्ममा दुई पुस्ताको प्रेम कहानी देखाइएको छ।
फिल्मको पटकथा तथा संवाद निर्देशक विकास आचार्य र सामीप्यराज तिमिल्सिनाले लेखेका हुन्। पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादनमा बनेको हो।