जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने ‘ह्यारीकी प्यारी’ को छायांकन सुरू भएको छ।
गीतकार तथा स्त्री रोग विशेषज्ञ भोला रिजालका छोरा कपिल रिजालको निर्देशन रहेको फिल्मको मंगलबारबाट पर्वतमा सुटिङ सुरू भएको हो।
जोडी खोज्ने कथालाई प्रस्तुत गर्ने भनिएको विजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल आदिको पनि अभिनय देख्न पाइने छ।
भुवन केसी निर्देशित ‘ड्रिम्स’मा निर्माता रहेका कपिल रिजालले लन्डनमा केही सर्ट फिल्मको छायांकन गरेका छन्। ‘ह्यारीकी प्यारी’ उनले निर्देशन गर्न लागेको पहिलो फिचर फिल्म हो।
यो फिल्मको केही पटक छायांकन मिति सारिएको थियो। छायांकनमा जानुअघि फिल्मको नाम ‘श्रीमान् वान्टेड’ थियो। छायांकनको समयमा फिल्मको नाम परिवर्तन गरिएको हो।