अभिनेत्री श्वेता खड्का आमा बनेकी छन्।
मंगलबार दिउँसो उनले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। स्रोतका अनुसार आमाछोरी दुवै स्वस्थ्य छन्।
उनले साेमबार बेबी शावरकाे केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्।
श्वेताले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन्।
अभिनेत्री स्वेताले ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।
उनले फिल्म ‘कोहिनूर’ र ‘कान्छी’ मा पनि अभिनय गरेकी छन्। त्यसपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी छन्। उनी हाल व्यवसायमा व्यस्त छिन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९, ०६:३९:००