निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको रसियामा जारी इङ्ल्याण्ड तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले अग्रता लिएको छ। क्रोएशियाका लागि सो गोल मान्डुजिकले गरेका हुन्।
अतिरिक्त समयको दोश्रो हाफमा क्रोएशियाले गोल गरेपछि इङ्ल्याण्ड दबाबमा पुगेको छ। आजको खेलमा ५ मिनेटमा नै गोल गर्दै इङ्ल्याण्डले अग्रता लिएको थियो जसलाई क्रोएशियाले ६८ औं मिनेटमा बराबरी गोल फर्काउँदै आफ्नो विश्वकप फाइनल यात्रा जीवित राख्न सफल भएको थियो।
यस खेलको विजेताले उपाधिका लागि फ्रान्ससँग खेल्नेछ।