बेलायतमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ।बेलायत सरकारको स्वास्थ्य विभागको जानकारी अनुसार बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ।
तथ्यांक अनुसार कोरोनाको कारण यूरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु हुनेमा बेलायत पहिलो स्थानमा छ। विश्वकै आधारमा पाँचौं स्थानमा रहेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा मंगलबार सार्वजनिक तथ्यांक अनुसार थप १,६३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २० हजार ८९ जना नयाँ संक्रमित थपिएका छन्।
नयाँ संक्रमितको संख्या विगत केही दिनदेखि कम भए पनि अस्पातल भर्ना हुनेको संख्या वृद्धि भईरहेको छ ।
प्राप्त तथ्यांक अनुसार अहिले बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी संक्रमितहरु उपचारको लागि भर्ना भएका छन्। बेलायतका अस्पतालले कोरोना विरामीको चाप धान्न नसकिने अवस्थामा पुगेको बताएका छन्।
बेलायतमा कोरोनाकै कारण ८० जना भन्दा बढी नेपालीहरुको मृत्यु भईसकेको छ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७, ००:३७:००