नेरुडे लघुवित्त वित्तीय संस्था (एनएलविविएल) ले खुलाएको ८७ हजार ३ सय कित्ता संस्थापक शेयरको बोलपत्र पेश गर्न चाहनेको लागि आज अन्तिम मौका छ।
नेरुडेले गत भदौ २० मा उत्त शेयर लिलामी खुल्ला गरेको थियो।
लघुवित्तको उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति वा फर्म, कम्पनी वा संस्थाले प्रतिकित्ता २ सय २० न्यूनतम वा त्यो भन्दा बढी मूल्यमा एक सय कित्तासम्मको लागि आवेदन दिन पाउँनेछन्।
बोलपत्रको आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं र प्राइम बैंकको बिर्तामोड झापा, ट्राफिक चोक विराटनगर, वीरगञ्ज पर्सा, भरतपुर चितवन र नेपालगञ्ज बाँके शाखाबाट पनि आवेदन दिन पाइनेछ।
अहिले लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ।