सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत सेती प्रादेशिक अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) दिएको छ।
बैंकले २५ थान सेती प्रादेशिक हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सनराइज बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमकाबीच पिपिई दिएका हुन्।
अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै पिपिई दिएकोप्रति धन्यवाद दिए।
हालसम्म यो बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिई उपलब्ध गराई सकेको छ। अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले बताएको छ।