एनएमबि बैंकले बिहीबार प्रदेश १ सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ।
बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि कोभिड–१९ विरुद्घ आवश्यक एक सय थान पिपिई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय,व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको छ।
पिपिई हस्तान्तरणपछि प्रदेश प्रमुख घिमिरेले यो महामारी विरुद्घको अभियानमा सरकारले चालेको पहलकदमीमा बैंक पनि सरिक हुने बताए।