सिद्धार्थ बैंक लिमिटेडले घर कर्जा योजना ल्याएको छ। यस योजनाअन्तर्गत बैंकले ग्राहकलाई ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ। सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहने बैंकले बताएको छ।
उक्त योजनाले सबै ग्राहकहरुको आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्छ भन्ने विश्वास बैंकले लिएको छ।