माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गतका होटलमा १० प्रतिशत छुट पाउने भएका छन्।
माछपुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफबीच बैंकका ग्राहकलाई त्यस्तो छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका
होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन्।
उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे।
बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट पाउने बैंकले बताएको छ।
यस बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल, १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत सेवा दिदैं आएको छ।