एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बिक्रीका लागि बोलकबोल भोलिदेखि खुल्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार संस्थापक र साधारणतर्फका सेयर बोलकबोलमार्फत बिक्री गर्नका लागि सार्वजनिक आव्हान गरिएको छ।
कम्पनीमा रहेको ८१ हजार ११४ कित्ता संस्थापक र ७९ हजार ८५३ साधारण तर्फका सेयर बोलकबोलमा राखिएको छ।
शिलबन्दी बोलपत्र साउन २२ गतेदेखि २९ गतेसम्म पेस गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
शिलबन्दी बोलपत्र बुझाउनका लागि काठमाडौंमा लक्ष्मी क्यापिटल र एनएली इन्स्योरेन्सको केन्द्रीय कार्यालय। काठमाडौं बाहिरका लागि लक्ष्मी कका विर्तामोड, जकपुर,विराटनगर,हेटौडा,नारायणगढ,पोखरा,बुटवल,विरगञ्ज,वाग्लुङ,दाङ,सुर्खेत, नेपालगञ्ज,धनगढी र महेन्द्रनगरमा रहेका शाखाहरुबाट पेश गर्न सकिने छ।