गएको आर्थिक वर्षमा स्पर्स लघुवित्त वित्तीय संस्थाले ८४ प्रतिशत नाफा बढाएको छ।
संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गएको वर्ष २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो नाफा १ करोड ३२ लाख रुपैयाँले बढी हो।
संस्ठाले खुद ब्याज आम्दानी ७ करोड ३७ लाख गरेको छ। यो पनि झन्डै दोब्बररले बढी हो। संस्थाले कूल ७१ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।