एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड जारी गरेको आइपिओमा पाँच गुणा बढी आवेदन परेको छ।
साउन १६ गतेदेखि खुलेको आइपिओका लागि बुधबारसम्म अन्तिम समय तोकिएको थियो।
कम्पनीले एकसय अंकित ३१ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो।
सेयर बिक्री प्रबन्धन सानिमा क्यापिटलका अनुसार बुधवार बेलुका पाँचबजेसम्म मागको तुलनामा पाँचगुणा बढी आवेदन परेको छ।
कम्पनीले दिएको जानकारीअनुसार साउन २१ गतेसम्म ४ लाख २८ हजार १५३ आवेदकले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन्।