सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गएको वर्ष २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो ५ करोड बढी हो।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गएको वर्ष १ अर्ब ९२ करोड बीमा शुल्क संकलन भएको छ। कम्पनीले विभिन्न ठाउँमा गरेको लगानीबाट १५ करोड ६९ लाख आम्दानी गरेको छ।
कम्पनीले अघिल्लो वर्षको तुलनामा खर्च पनि २ करोडले बढाएको छ। यही वर्ष आइपिओ जारी गर्ने तयारी गरिरहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड छ। ४९ करोड जगेडा कोष भएको कम्पनीले हालसम्म ३ अर्ब ५३ करोड बीमा शुल्क संकलन गरेको छ।