कुमारी बैंक लिमिटेडको उपत्यका बाहिर ३ शाखा संचालनमा आएको छ।
सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कलमा शाखा बिस्तार गरिएकाे बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई व्यवसायमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
२० वर्षदेखी देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिंग इकाईमार्फत अत्याधुनिक बैंकिग सेवा दिँदै आएको कुमारी बैंकको निक्षेप रु १२२ अर्ब र कर्जा लगानी रु ११५ अर्ब रहेको बैंकले जनाएको छ।