मेगा बैंकले विपन्न वर्ग, महिलाद्वाारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा बैंककी सिइओ अनुपमा खुञ्जेली र महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे।
सम्झौता पश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा प्रदान गर्ने छ।
राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान हुने बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै बैंककी सिइओ खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
साथै महासंघकी अध्यक्ष बुढाथोकीले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगा बैंकसँग सहकार्य गर्न लागेको बताइन्।