मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मंगलबार सम्पन्न आठौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनस सेयर र ०.८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ।
सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनीलाई निर्विरोध चयन गरेको छ।
९ वटा प्रवर्द्धित बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।
लघुवित्तका अध्यक्ष सञ्जीव मानन्धरले संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए।
हाल चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस सेयर वितरणपश्चात एक अर्ब कायम भएको उनले बताए।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको माइक्रोफाइनान्सले हाल १२० शाखा कार्यालयमार्फत् ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाले १ लाख २५ हजार भन्दाबढी विपन्न घर परिवारलाई लघुवित्त सेवा दिइरहेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान
वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ।
संस्थाले साधारणसभाको अवसरमा सञ्चालक समिति अध्यक्ष सन्जीव मानन्धरसहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाललगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई सो सामग्री हस्तान्तरण गरिएको हो।
फिल्डमा खटिएका प्रहरीहरु फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेकोले खबर आइरहने गरिएकोले सहयोग गरिएको संस्थाले जनाएको छ।