प्राइम कमर्सियल बैंकले शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। बैंकको तेह्रौं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो।
बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै शेयरधनीहरुलाई नाफा दिने बताएको छ।
कोरोना महामारीलाई मध्येनजर गर्दै बैंकले भर्चुअल कार्यक्रम मार्फत साधारण सभा कार्यक्रम गरेको थियो।